बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिराले बगाएको छ ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलतिर प्रहरी टोली पठाइसकिएको जानकारी दिए ।
गाउपालिकाका प्रमुख प्रसासखीय अधिकृत धनराज जोशीले ३०/४० घर भएको ठाउँमा पहिरो गएको बताए । ७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको र थप विवरणका लागि घटनास्थल गैरहेका उनको भनाइ छ ।
बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन ।