हिमालय एयरलाइन्सले जुलाई ९ अर्थात असार २५ गते चिनबाट नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ ।
एअरलाइन्सले आज एक विज्ञप्ती जारी गर्दै असार २५ गते चिनको टियांजिनबाट यात्रुहरु उद्दार गरेर ल्याउन लागेको जानकारी दिएको हो ।
त्यहाँबाट काठमाडौंसम्म आउनको लागि प्रतियात्रु भाडा ६९९ अमेरिकी डलर तोकिएको छ ।
यात्रुहरुले टिकट काट्नुअगावै आफू कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्नेछ र नेपाल आएपछि सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।
नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले विदेशमा रहेका नेपालीहरुको उद्दार गर्दै आइरहेका छन् ।
थप जानकारीको लागि तलको विज्ञप्ती हेर्नुहोला ।