कोरोना भाइरस नियन्त्रणमा सरकारले राम्रो काम नगरेको भन्दै अनसनमा बसेका सत्याग्रहीलाई भेट्न युवराजधिराज पारस अस्पताल पुगेका छन् ।
उनले शुक्रवार अस्पतालमै पुगेर उनीहरुलाई भेटेका हुन् ।
सत्याग्रहमा बसेका इशान अधिकारी र पुकार बमलाई अस्पतालमै पुगेर पूर्व युवराज पारसले भेट गरेका हुन् ।
इनफ इज इनफ अभियानका अधिकारी आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा बसेका थिए।
कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनी सत्याग्रहमा बसेका हुन्
बिहीबार उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पताल पुर्याइएको थियो।
अर्का सत्याग्रही पुकार बम पनि अस्वस्थ भएपछि उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
अस्पताल पुगेका युवराज शाहले अधिकारीका बुवाआमासँग पनि भेटघाट गरेका थिए ।
उनले सत्याग्रहीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
लकडाउनका समयमा लामो समय पोखरा बसेका पूर्व युवराज पारस बिहीबार मात्रै काठमाडौँ आइपुगेका हुन् ।