फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले हटाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २४ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेकी थिइन् ।
उनको त्यो भिडियो हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै पत्राचार गरेको थियो । फेसबुकले उक्त भिडियो शुक्रबार हटाएको हो ।
उक्त भिडियो हटाउने प्रक्रिया सुरू गरिदिन इप्रका दाङले साइबर क्राइम ब्यूरोलाई खबर गरेको थियो । त्यसपछि साइबर क्राइम ब्युरोले उक्त भिडियो हटाइदिन फेसबुकलाई पत्राचार गरेको थियो ।
इप्रका दाङले उक्त भिडिओ हटाउनका लागि युवतीको मोबाइल राखिएको लक खोल्न मोबाइल पसलमा पुगेर प्रयास गरे पनि त्यो सम्भव नभपछि इप्रकाबाट साइबर क्राइम ब्यूरोलाई खबर गरेको थियो ।
मृतकले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकी थिइन् । मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा मोबाइल खोल्न अझै सकिएको छैन ।
युवतीले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन । आत्म ह-त्या गर्ने युवती विवाहित हुन ।
उनको एक छोरा छन् । पछिल्लो समय श्रीमानसँग सम्बन्ध बिग्रिएपछि छोरालाई श्रीमानसँगै छाडेर उनी माइतीमा बस्दै आएकी थिइन ।
माइतमा बस्दै आएकी उनका आमा बाबु समेत भारतमा रहेकाले आत्महत्या कारणबारे नजिकमा छिमेकीसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।
फेसबुकले उक्त भिडियो डिलिट गर्नुअगावै नै उनको आइडीबाट सो भिडियो १ लाख भन्दा बढी व्यक्तिहरुले हेरिसकेका थिए भने फेसबुकमा विभिन्न पेज र ग्रुपमा अरुले उक्त भिडियो डाउनलोड गरेर राखेका छन् ।
र यो पनि :
मध्यरातमा फेसबुक लाइभ आएर २४ वर्षिया एलिसाले गरिन् आत्महत्या