दुई दिनअघि आत्महत्या गरेका रोल्पाका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
असार १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए।
मृत्युपछि उनको स्वाब पिसिआर परीक्षणका लागि निकालिएको थियो।
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार एभानमा कोरोना पुष्टि भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले सार्कीको शव रोल्पा नै पठाउने वा तुलसीपुरमै डिस्पोज गर्ने भन्ने बारेमा टुंगो लागिनसकेको बताए।
‘हामीलाई मृतकको कोरोना पुष्टि भएको पत्रचार मात्रै भएको छ,’ डिएसपी सिंहले भने, ‘दाङ र रोल्पाका सिडिओ सापका बीचमा यो विषयमा कुरा भएपछि मात्रै यसको टुंगो लाग्ने छ।’
विद्यालयमा निर्मित नजिकको क्वारेन्टिन प्याक भएको हुँदा उनलाई परिवारको सल्लाहमा त्यसरी खाली घरमा एक्लै राखिएको भन्ने जानकारी आफुले पाएको गुरुङले बताए।
स्रोतका अनुसार भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरुले सार्की सँगै बस्न नमानेपछि उनलाई खाली घरको होम क्वारेन्टिनमा एक्लै राखिएको थियो।