धैरै मानिसलाई थाहा नहुन सक्छ काँचो केरा खानुका फाइदा। त्यसैले काँचो केरा खाने मानिस भेटिनन्।
मधुमेह तथा थाइराड रोग विशेषज्ञ डा. प्रिया दर्शनी योन्जनका अनुसार पाकेको केरा जत्तिकै काँचो केरा पनि मानवीय स्वास्थ्यको लागि उत्तिकै फाइदा जनक हुन्छ। विभिन्न अध्यन तथा अनुसन्धानले काँचो केरा खाँदा धेरै फाइदा हुने देखाएको छ।
काँचो केरा अचार वा तरकारी बनाएर मात्र खानेहरु पनि छन्। तर, पाकेको जस्तै त्यतिकै काँचो केरा खाने चलन हामी कहाँ छैन्।
काँचो केरामा पोटाशियम हुन्छ। जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने डा. प्रिया बताउँछिन्।
पाकेको केराको फाइदाका बारेमा जान्नुभएकै होला, तर आज तपाईलाई हामी काँचो केराको फाइदाका बारेमा जानकारी दिनेछौं
यस्ता छन काँचो केराका फाइदाहरु ।
१. तौल घटाउँन सहयोग – तौल घटाउँन मन लागेकालाई दैनिक एक काचो केरा खाने सल्लाह दिइन्छ । यसरमा भरपूर मात्रामा पाइने फाइबरले अनावश्यक फ्याट सेल्स र फोहोरलाई सफा गर्न मद्दत गर्छ ।
२. कब्जियतको समस्या – काँचो केरामा फाइबर र हेल्ची स्टार्च नामक तत्व हुन्छन्, जसले आन्द्रामा कुनै पनि प्रकारका अशद्धि उत्पन्न हुन दिँदैन । तपाईलाई कब्ज्यितको समस्या छ भने काँचो केरा फाइदाजन साबित हुन्छ ।
३. भोक शान्त पार्ने – काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्वले भोक नियन्त्रण गर्ने काम गर्छ । काँचो केरा खानाले समयमा भोक नलाग्ने हुन्छ ।
४. मधुमेहलाई नियन्त्रण गर्छ – मधुमेहका रोगीले काँचो केरा खान सुरु गर्नुहोस् । यो रोग नियन्त्रण गर्ने अचुक औषधि हो ।
५. पाचन क्रिया सुधार्छ – काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार आउँछ ।
६. क्यान्सर, हड्डी – यसबाहेक काँचो केरा धेरै प्रकारका क्यान्सरबाट बचाउँनमा पनि सहायक भूमिका खेल्छ । त्यस्तै, काँचो केरामा पाइने क्याल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भूमिका खेल्छ ।