केही समयदेखि चर्चित कलाकारहरु गुमाइरहेको बलिउडले थप एकजनालाई गुमाएको छ ।
बलिउडमा प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ ।
बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।
सास फेर्न समस्या भएर भर्ना भएकी सरोज खानको शुक्रबार बिहान करीब २ बजे मुत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् ।
खानलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो। उनी ७२ वर्षकी थिइन।
उनका परिवारमा उनका पति बी. सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्। उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।
उनको निधनमा बलिउड पुरै शोकमा डुबेको छ । उनले हवा हवाइमा माधुरी दिक्षितसहित सबै चर्चित कलाकारलाई नचाइसकेको छिन् । उनको निधनमा बलिउड अभिनेत्री तथा नेपालकी छोरी मनिषा कोइराला पनि शोकमा डुबेको छिन् ।
सरोज सुशान्तको निधनले दुखी भएको थिइन् । इन्टाग्राममार्फत उनले सुशान्तको निधनमा दुखी भएको बताएको थिइन् । सुशान्तलाई दिएको श्रद्धाञ्जली नै उनको अन्तिम पोष्ट बन्यो ।
https://www.instagram.com/p/CBazhptBaWV/?utm_source=ig_embed