अनुसन्धान र खोजकर्ताहरुले विभिन्न समयका घटनाहरुलाई महत्त्वका साथ हेर्ने गर्दछन् । यसै क्रममा ज्योतिष तथा खगोलशास्त्रीहरुले पनि यस्ता घटनाहरुलाई सुक्ष्म रुपमा अध्ययन गरिएका हुन्छन् । पृथ्वीमा घट्ने हरेक प्रकारका साना तथा ठूला घटनाहरुको पछाडी खगोलीय अवस्थ पनि जोडिएको हुन्छ । पृथ्वीमा हुने हरेक प्रकारका परिवर्तनका पछाडि आकाशीय पिण्डहरुको पनि प्रमुख भूमिका रहने ज्योतिषीहरुले जानकारी गराएका छन् ।
ज्योतिष शास्त्रमा अंकविज्ञाको पनि प्रमुख महत्त्व रहिआएको छ। हरेक अंकले ग्रहहरुलाई नियममा राख्न मद्दत गरिरहेको हुन्छ । राहु र केतु ग्रहलाई छाडेर बाकी सात ओटा ग्रहहरुको आधारमा ब्रह्माण्डिय संरचना भएको छ । सात ओटा ग्रहको नामले बारको रचना भएको छ, जुन विश्वका हरेक देशमा यहीँ नियममा दिनचर्या सुचारु हुन्छ। देशमा पछिल्लोपटक २०७७ सालको सुरुवाती समयदेखि नै देशको राजनीतिमा एक प्रकारको तरङ्ग ल्याईदिएको छ।
विक्रम सम्बत् २००७, २०१७, २०२७, २०३७, २०४७, २०५७, २०६७ र २०७७ मा हरेक प्रकारका घटनाका पछाडी वर्षको अन्त्यमा सात अंकसंग जोडिएकाले सर्वत्र चासो देखिएको हो । ज्योतिषमा सात नंवरलाई शक्तिशाली नंवरको रुपमा हेरिने गरेको छ । सात जना ऋषिहरुको समुहलाई सप्त ऋषि भनेर शक्तिका रुपमा पूजा गरिन्छ । ठूलाठूला नदिहरुको समूह मिसिएर बनेकोलाई सप्त सागरका रुपमा मानेर पुजा गरिनु, बारको हिसाबले पनि अन्तिममा सात बारसम्म मात्रै हुन आदिले गर्दा पनि खगोल शास्त्रमा सात नम्वरको महत्त्व विशेष रुपमा हेरिने गरेको छ।
शुक्र ग्रहले प्रतिनिधित्व गर्ने भएकाले शास्त्रमा शुक्र ग्रहलाई भोग, विलास, यश, आराम, नाट्य कला, चतुर्याइँ आदिको प्रतिनिधित्व गर्ने ग्रहको रुपमा शुक्र ग्रहलाई लिने गरिन्छ । जुन राक्षसहरुको गुरुका रुपमा पनि पूजा गर्ने गरिन्छ, यस्तो शक्तिशाली ग्रहले संचालन गर्ने सात अंक अन्तिममा आउँदा देशमा कस्ता कस्ता राजनीति परिवर्तन भएका छन् ज्योतिषीय विश्लेषण ।
बि.सं २००७ सालमा पनि अन्तिममा सात अंक आएको छ, यस सालमा पनि देशमा राजनीति परिवर्तन भएको थियो ।विशेषगरी राणाकालीन शासनको अन्त्य भएको घोषणा फागुन सात गते भएपछि राजा त्रिभुवनले देशमा प्रजातान्त्रको घोषणा गरेका थिए ।
२००७ सालको आन्दोलनलाई नेपालको प्रजातान्त्रिक आन्दोलन भनेर पनि भन्ने गरिएको छ । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको नेतृत्वमा नयाँ दिल्लीमा राणा, नेपाली कंग्रेस तथा राजाबीच त्रिपक्षीय सम्झौता भएपछि उक्त आन्दोलन रोकिएको थियो । २००७ सालपनि नेपाली राजनीतिमा एतिहासिक रुपमा लिइएको छ ।
२०१७ सालको राजनीतिक गतिविधिलाई हेर्ने हो भने पनि तत्कालीन राजा महेन्द्रले पुस १ गते प्रजातन्त्र विघटन गरि पञ्चायती व्यवस्था लागू गरेका थिए ।२०२७ सालमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको स्थापना भएको थियो । २०३७ साल वैशाख २० गते नेपालमा नेपालमा अर्काे राजनीति घटना भएको थियो । उक्त समयमा बुहुदलीय व्यवस्था अथवा सुधारिएको पञ्चायती व्यवस्था भन्ने बारे जनमतसंग्रह भएको थियो । यसले पनि नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको थियो ।
२०३७ सालमै नेपाललाई ५ बिकास क्षेत्रमा विभाजन गरिएको थियो । २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा नेपालको संविधान २०४७ जारी भएको थियो । यसैगरी २०५७ सालमा कृष्ण प्रसाद भट्टराईको राजीनामापछि गिरिजाप्रसाद कोइराला तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
यसपछि २०६७ मा कांग्रेसका एक मात्र जीवित संस्थापक पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनको निधन भयो । यसपछि २०७७ साल लागेसँगै राजनीतिमा तरंग पैदा गराएको छ । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर राजनीतिक दल तथा संवैधानिक परिषद सम्बन्धी दुईवटा अध्यादेश जारी गराएपछि राजनीतिमा तरंग पैदा गराएको हो