२०७७ साल आषाढ शुक्लपक्ष असार १९ गते शुक्रवार त्रयोदशी तिथि ज्येष्ठा नक्षत्र चन्द्रमा वृश्चिक राशिमा
मेष राशी : भाग्यमा वृद्धि हुनेछ भने रोकिएको काम बन्नुका साथै नयाँ कामको थालनी गर्न सक्ने अवसर प्राप्त हुन सक्छ । पिताजीसगँ मिलेर गरेको काममा सफलता हात पर्न सक्नेछ ।
वृष राशी : स्वास्थ्यमा विचार गर्नुहोला अन्यथा चोट पटक वा सामान्य रुघा खोकीले सताउन सक्नेछ । काममा भने वाधा आउन सक्नेछ । अरुको विस्वास गर्नु पूर्व धेरै विचार गर्नु होला ।
मिथुन राशी : रोजगार वा दाम्पत्य जीवनमा भएको समस्या कम भएर जानुका साथै दाम्पत्य जीवनमा सफलता हात पर्ने छ । साथिभाई वा कोही पार्टनरसँग मिलेर गरेको काममा सफलता हात पर्ने छ ।
कर्कट राशी : स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्ने देखिन्छ साथै मामा सँग मिलेर गरेको काममा समस्या देखापर्न सक्नेछ । शत्रु भने परास्त हुनुका साथै रोजगारको अवसर छ ।
सिंह राशी : सन्तान सुखको साथै बुद्धि लगाएर गर्ने काममा प्रशंसा प्राप्त हुनेछ । आर्थिक हानीको समस्या कम भएर जानुका साथै व्यवसायबाट लाभ प्राप्त हुन सक्ने छ । स्वास्थ्यमा सुधार हुदै जानेछ ।
कन्या राशी : घर परिवारमा सामान्य कलहको वातावरण बन्न सक्नेछ । आफूले गरेको मेहनत अनुसार साथिभाइ तथा सहकर्मीहरुबाट निकै प्रशंसा प्राप्त हुनुका साथै नयाँ काम वा रोजगारको अवसर प्राप्त हुने योग छ । आमाको स्वस्थ्यलाइ लिएर केही समस्या देखा पर्न सक्नेछ ।
तुला राशी : थोरै मेनहत गर्दा पनि ठुलो परिणाम हात पर्ने छ । रोकिएको धन आउनुका साथै साथिभाइ सँगको भेटले मन रमाउने छ । तपाइले आफ्नो कामप्रति गरेको मेहनत देखेर सबैले हौसला दिनेछन् ।
वृश्चिक राशी : बोलीमा संम्यमता अपनाउनु जरुरी छ अन्यथा वि वादमा पर्न सकिन्छ । कुटुम्ब संगको सम्वन्ध भने सुधार भएर जानुका साथै नयाँ कामको थालनी हुन सक्ने छ । अकाल्पनिक रुपमा धन प्राप्त हुन सक्छ ।
धनु राशी : मान सम्मानमा वृद्धि हुनेछ । तपाइको आत्मबलमा वृद्धि हुने कारणले गर्दा तपाइको काम वा व्यवसाय पनि नाफामुलक हुनेछ ।
मकर राशी : समय खराव छ सतर्क भएर काम वा व्यवसायमा हात हाल्नु होला । दाम्पत्य जीवनमा पनि सामान्य समस्या हरु देखा पर्न सक्नेछन् । सतर्क भएर काममा अगाडी जादा राम्रो होला ।
कुम्भ राशी : आर्थिक लाभको समय छ । नसोचेको ठाउँबाट एक्कासी धन प्राप्त हुन सक्नेछ । रोजगारमा गुमेको पद वा धन प्राप्त हुन सक्छ दाम्पत्य जीवनमा भरपुर सुख आनन्द प्राप्त होला ।
मीन राशी : काममा मन लाग्नुका साथै गरेको काममा सफलता हात पर्ला । धोका दिएका व्यक्तिहरु तपाइसँग नै झुक्न आउने कारणले गर्दा विग्रेको काम भने बन्नेछ, मन प्रसन्न हुनेछ ।
यो राशिफल ज्योतिष जीवन पौडेलले तयार पार्नुभएको हो । पौडेल केटीएम दैनिकसँग आबद्ध हुनुहुन्छ ।