विहिवार नेपालमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घन्टामा १ सय ९ जना महिला र ३ सय ६४ जना पुरुष गरी जम्मा ४ सय ७३ जनामा कोरवना संक्रमण देखिएको हो ।
संक्रमित व्यक्तिहरुमध्ये काठमाडौं जिल्लामा २८ जना नयाँ संक्रमित फेला परेका हुन् । आज थपिएका संक्रमितमध्ये कुन जिल्लामा कति थपिए भन्ने विवरण हामी केहीवेरमा सार्वजनिक गर्नेछौं ।
योसहित नेपालमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।
कोरोना संक्रमित व्यक्तिमध्ये अहिलेसम्म ५ हजार ३ सय २० जना उपचारपछि निको भएर घर फर्केका छन् भने ९ हजार १ सय ६८ जना देशका विभिन्न आइसोलेसन केन्द्र र अस्पतालहरुमा उपचार गराइरहेका छन् ।
कोरोनाको कारण नेपालमा अहिलेसम्म ३१ जनाको ज्यान गएको छ भने देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।