वास्तुशास्त्रका अनुसार यदि घरबनाउदा सकारात्मक उर्जालाई मिलाउन सकिएन र आफू अनुकुल भवन निर्माण गरेमा त्येसकाे परिणाम उक्त भवनमा बस्ने हरुले भाेग्नु पर्दछ ।
यदि हामी बस्ने भवनमा सकारात्मक प्रवाहित भैरहेको छ भने सम्पूर्ण कामकाराेबार भनेकै समयमा आफूअनुकुल बन्दै जान्छ भने ।
जथाभावी आफुअनुकुल निर्माण गरिएका भवनमा सकारात्मक भन्दा पनि नकारात्मक उर्जा धेरै प्रवाहित भयाे भने जुन समयमा हामीलाई भाग्यले पनि साथ दिदैन र बसाेवास गर्ने स्थानमा पनि सकारात्मक उर्जा भएन भने यसकाे प्रभाव हामीले गर्ने हरेक कर्ममा देखा पर्दछ ।
हामीले जुन कामगर्न लाग्याे उक्त काम बिगि्रएर जान्छ । पारिवारिक समस्या पनि नकारात्मक उर्जाका कारणबाट बिस्तारै देखापर्न थाल्दछ।
जुन समयमा हाम्रो शरीरमा सकारात्मक उर्जा भन्दापनि नकारात्मक उर्जाकाे प्रवाह धेरै हुन्छ यसकाे प्रभाव आर्थिक, सामाजिक,पारिवारिक रुपमा देखा पर्दछ । यदि सानाे कुरालाई ध्यान दिएर गृह निर्माण गरेमा यस्ता कुनै पनि प्रकारका समस्या नरहने तथा घरमा सुख,शान्ति र समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।
यदि हाम्राे घरमा उत्तर या उत्तर पूर्व दिशामा ट्वाईलेट, सेप्टी ट्याङ्की या कुनै पुराना सामान थुपारेर राख्नुभएकाे छ भने यकिन गर्नुहोस् आर्थिक हिसाबले कहिल्यै पनि उक्त भवनमा बसाेबास गर्ने हरुकाे उन्नति हुन दिदैन ।आर्थिक समस्या परिरहेको हुन्छ जुन दिनदेखि उर्जा बिगार्नु भयाे तेही समयदेखि समस्या देखापर्न सुरुवात हुने शास्त्रमा उल्लेख गरिएको छ ।
भवन निर्माणका क्रममा यदि दक्षिण पश्चिम कुना अर्थात नैरित्य काेणमा पनिकाे बाेरिङ, ईनार, रिजर्भ पानी ट्याङ्की, सेप्टी ट्याङ्की अथवा कुनै प्रकारकाे खाडल बनाउनु भएकाे छ भने यकिन गर्नु हाेस उक्त कार्य गर्दै गर्दादेखि नै तपाईंको जीवनमा हरेक प्रकारका समस्या देखा पर्न सुरु भैसक्याे जस्तै पारिवारिक सम्बन्ध खराब हुनु, अकस्मात् दुर्घटनामा परेर आर्थिक स्थितिमा कमजाेर हुनु, गर्नखाेजीएका कार्य हरुमा बाधा आउनु, पाट्नरी संगकाे सम्बन्ध बिग्रनु लगाएतका समग्र क्षेत्रमा यसकाे प्रभाव देखापर्दछ । घरकाे मुख्य द्वार यदि नैरित्य काेणमा भएकाे अवस्थामा पनि अार्थिक समस्या देखा पर्ने उल्लेख गरिएको छ ।
लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन ।
उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।
सम्पर्क : ९८५१०६११२४ ईमेल rijal.suresh123र[at]gmail.com