इनफ इज इनफ अभियानका १० जना प्रदर्शनकारी बालुवाटारबाट पक्राउ परेका छन्।
विभिन्न माग राख्दै बालुवाटार पुगेका उनीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
केही हप्ता अगाडीदेखि स्वतस्फूर्तरुपमा युवाहरु सडकमा आएका छन् । उनीहरुले आरडीटी रोक्दै पीसीआर परिक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् ।
सरकारले दैनिक १० हजारको दरमा कोरोना परिक्षण गर्ने बताएता पनि हिजो मंगलबार देखि दैनिक ५ हजार भन्दा कम परीक्षण भएको भैरहेको छ । केही समयअगाडी दैनिक ७ हजारसम्म गरिएको नमूना परिक्षण अहिले आएर तल झरेको छ ।