काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२ जना कोरोना संक्रमित थपिएकाे बताए ।
संक्रमितहरु काठमाडाैंकाे ५ जना पुरुष र ५ महिला, ललितपुरकाे २ पुरुष र ३ महिला र भक्तपुरकाे १ पुरुष र महिला रहेकाे गाैतमले बताए
आज एकैचोटी १४ सय भन्दा बढी संक्रमित निको भए, ५२२ नयाँ थपिए
बुधबार नेपालमा थप ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वितेको २४ घन्टामा देशभर रहेका २२ वटा प्रयोगशालामा ४ हजार ८ सय ८६ जनाको नमूना परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे । योसँगै नेपालमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १४ हजार ८३ पुगेको छ ।
त्यस्तै विगत २४ घन्टा १ हजार ४ सय ४१ जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा गौतमले १ हजार निको भएका व्यक्तिहरुको विवरण आउन बाँकी रहेको अर्थात महिला र पुरुष छुटिन बाँकी रहेको स्पष्ट पारे ।
अहिलेसम्ममा एकैदिन निको हुनेको यो संख्या सर्वाधिक हो ।
नेपालमा अहिलेसम्म २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
सरकारले दैनिक १० हजारको दरमा कोरोना परिक्षण गर्ने बताएता पनि हिजो मंगलबार देखि दैनिक ५ हजार भन्दा कम परीक्षण भएको हो ।