नायिका पुजा शर्मा र सुष्मा कार्कीबिचको विवा द सेलाउन नपाउँदै सम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसी बिचको फेसबुक वार सामाजिक संजालमा व्यापक भएको छ । साम्राज्ञीले खुलेरै भुवन केसीको विरोध गरेपछि यो विषयले चर्चा पाएको थियो । साम्राज्ञीको आँटलाई धेरैले समर्थन गरेका थिए भने केहिले भने उनको विरोध पनि गरिरहेका छन् ।
त्यसपछि धेरैले सम्राज्ञी एक्लै हुने , उनलाई कसैले साथ नदिने बताएका थिए । तर अहिले रिचा शर्मा भने उनको समर्थनमा बोलेकी छिन् । फेसबुकमा स्टोरी मार्फत उनले साम्राज्ञीको कुरामा समर्थन जनाएकी हुन् ।
उनले यस्ता कुराले आफु पनि मान-सिक रुपमा बिछि-प्त भएको बताएकी छिन् । इनफ इज इनफ र आइ एम विथ साम्राज्ञी भन्दै उनले समर्थन गरेकी हुन् ।
यसरी चर्किएको थियो भुवन र साम्राज्ञीको बिवाद
नेपाली फिल्मी उद्योगमा एकले अर्कालाई आरोप प्र-त्यारोप लगाउने चलन यो पहिलोपटक भने होइन् ।
केही समयअगाडीदेखि नायिकाद्वय पूजा शर्मा र शुष्मा कार्कीबीचको शितयु-द्ध अझै समाप्त भएको छैन ।
नेपाली चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीमाथि यौ न दु-र्व्यवहारको आरोप लगाएकी छन् ।
केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् ।
सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौ-न दुर्व्य-वहार गरेको साम्राज्ञीले बताइन् ।
केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो ।
साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकी थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।
यही फिल्मको सुटिङको बेला अनमोल र साम्राज्ञीबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो ।
अहिले भने केही कारणले उनीहरुबीच सम्बन्ध टुटीसकेको छ । सामाजिक सञ्जालमा भुवनविरु-द्ध साम्राज्ञीले आवाज उठाएसँगै उनीहरुबीच सम्बन्ध बिग्रनुको कारण समेत खुलेको छ ।
साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टि-कोण रहेको जनाएकी छन् ।
जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्य-वहार गरेको साम्राज्ञीले खुलाएकी छन् ।
आफ्नै छोराको राम्रो साथी समेत रहेकी एक युवतीलाई भुवनले गरेको व्यवहारले उनको व्यक्तित्वमाथि ठूलो प्रश्न खडा गरेको छ ।