मेष राशी : चोटपटकको सम्भावना छ तथा गरेको काममा शत्रुको कारण वाधा अर्डचन आउने देखिन्छ । यात्रा गर्नु भन्दा अगाडी धेरै सोचनुहोला अन्यथा यात्रामा वाधा हुन सक्छ । अन्य क्षेत्रहरुमा भने बुधबारको दिन राम्रो छ ।
वृष राशी : दाम्पत्य जीवनमा आएको तितोपन हटेर जानुका साथै सम्वन्धमा सुमधुरता छाउने छ । पाटनर सीपमा गरेको काममा लाभ मिल्नेछ । नयाँ कामको अवसर प्राप्तहुन सक्छ । साथीभाइ सँगको भेटले मन रमाउने छ ।
मिथुन राशी : शत्रु नीरिह हुने कारणले गर्दा तपाइको काम विना झण्झट सम्पन्न हुनेछ । अहिले सम्म काममा आएको वाधा हट्ने छ भने स्वास्थ्यमा समस्या देखिन थाल्नेछ । पत्नीको स्वास्थ्यलाइ लिएर विचार गर्नुहोला ।
कर्कट राशी : पढाइमा राम्रो हुदै जानुका साथै बुद्धि बढेर जानेछ । सन्तान सुखपाउनु हुनेछ भने स्वास्थ्यमा केही समस्या भएको भए उक्त समस्या विस्तारै कम भएर जानेछ । आर्थिक लगानीको अवसर प्राप्त हुन सक्नेछ ।
सिंह राशी : सवारी साधन तथा चौपाया वाट लाभ हात पर्ने छ । कृषि क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । घर परिवारमा मन रमाउनुका साथै व्यवसाय वाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतीको सम्भावना छ ।
कन्या राशी : सामान्य प्रयासमा पनि काम बनेर जानुका साथै थोरै प्रयासमा ठुलो सफलता प्राप्त हुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । स्वास्थ्यमा भने सतर्कता अपनाउनु होला ।
तुला राशी : बोलीको प्रभाव धरै राम्रो हुनेछ तथा प्रशंसा प्राप्त गर्न सक्नुहुनेछ । धनमा हानि भने हुन सक्ने देखिन्छ ।घर परिवारमा कसैमा स्वास्थ्य समस्या हुने कारणले गर्दा मन भने खिन्न हुनेछ ।
वृश्चिक राशी : मान सम्मानमा वृद्धि हुनुका साथै काममा पदोन्नतीको सम्भावना छ । नयाँ काम पाउन सक्ने समय देखिन्छ भने नसोचेको ठाउँवाट धन हात पर्न सक्नेछ । अचल धन सम्पतिको सदुपयोग हुनेछ ।
धनु राशी : काममा सतर्क भएर गर्नु होला अन्यथा झुटा आरोप प्रत्यारोप लाग्नसक्ने समय छ । आर्थिक हानिको समय देखिन्छ । वैदेशिक यात्राको अवसर भने प्राप्त हुन सक्नेछ ।
मकर राशी : आर्थिक लाभको समय छ तर शत्रु वा कामको कारण केही समस्या भने देखिन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । तथा नयाँ भोजनको स्वाद लिन सकिने छ ।
कुम्भ राशी : तपाइले गरेको काममा गल्ति देखाउनेहरु वढ्नेछन् सतर्क भएर काम गर्नु होला । पुरानो साथी भाइ सँगको भेटले मन रमाउनेछ । केही नयाँ काम गर्दै हुनुहुन्छ भने सोच विचार गर्नु होला समय त्यति राम्रो छैन ।
मीन राशी : अरुको विस्वास तपाइको कामका कारण जित्न सक्नुहुनेछ । भाग्यमानी बन्नुहुनेछ तथा आर्थिक लाभको समय देखिन्छ । पिताजी सँगको सम्वन्ध राम्रो भएर जानेछ ।
यो राशिफल ज्योतिष जिवन पौडेलले तयार पार्नुभएको हो । पौडेल केटीएम दैनिक सँग आवद्ध हुनुहुन्छ ।