मंगलबार नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वितेको २४ घन्टामा देशभर रहेका २२ वटा प्रयोगशालामा ४ हजार ७ सय ११ जनाको नमूना परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
त्यस्तै विगत २४ घन्टा ६० जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।
नेपालमा अहिलेसम्म २ लाख २८ हजार ३ सय ४१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
सरकारले दैनिक १० हजारको दरमा कोरोना परिक्षण गर्ने बताएतापनि मंगलबार भने ५ हजार भन्दा कम परीक्षण भएको हो ।
मंगलबार परिक्षण गरिएका मध्ये ६ दशमलव ७० प्रतिशतमा कोरोना देखिएको हो । अहिलेसम्मको परिक्षण संख्या र कोरोना संक्रमितको संख्यालाई हेर्दा ५ दशमलव ९४ प्रतिशतमा कोरोना भेटिएको छ ।
* यसअगाडी शीर्षकमा मंगलबार भेटिएका ३ सय १६ हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।