गर्मी मौसममा बढी पसिना निस्कने हुँदा घमौरा आउँने हुन्छ । तर, यो समस्याबाट निजात पाउँन हामी आफ्नै घरमा पाइने घरेलु उपचार पद्धति अपनाउँन सक्छौँ । त्यसो भए जान्नुहोस्, यस्ता १० सजिला उपाय ।
१. काँक्रा मसाज – एक गिलास पानीमा एउटा कागती निचोर्नुहोस् र काँक्रालाई गालो आकारको चानामा काट्नुहोस् । ति काँक्राको चानालाई कागती पानीमा डुबाएर घमौरा निस्किएको ठाउँमा १० मिनेटसम्म लगाउँने गर्नुहोस् ।
२. घ्युकुमारीको जेल – एक चम्चा ध्युकुमारीको जेललाई घमौँरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् । यस्तो दिनमा ३ पटक गर्नुहोस् ।
३. बेकिङ सोडा – ५ चम्चा पानीमा एक चम्चा बेकिङ सोडा मिलाउँनुहोस् । यसलाई घमौरा आएको ठाउँमा लगाउँनुहोस् र २० मिनेटपछि धुनुहोस् । यो काम दिनमा २ पटक गर्नुहोस् ।
४. नीमको पात – नीमको २० वा ३० पातलाई एक गिलास पानीमा उमाल्नुहोस् । चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउँनुहोस् र २० मिनेटपछि नुहाउँनुहोस् । यस्तो. दिनमा एक पटक गर्नुहोस् ।
५. नरिवालको तेल – एक चम्चा नरिवलको तेलमा एउटा कपूर मिसाउँनुहोस् र त्यसलाई घमौरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् ।
६. मुल्तानी माटो – २ चम्चा मुल्तानी माटोलाई पानीमा मिलाएर पेस्ट बनाउँनुहोस् र त्यसलाई घमौरामा लगाउँनुहोस् । आधा घन्टापछि धुनुहोस् ।
७. जैतुनको तेल – एक–एक चम्चा जैतुनको तेल र मह मिसाएर घमौरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस् ।
८. आइस क्युब – एक प्लास्टिकको झोलामा आइस क्युब(बरफको डल्ला)लाई राख्नुहोस् । यसबाट दैनिक १० मिनेटसम्म घमौरा आएको ठाउँमा सेकाउँनुहोस् ।
९. स्याउको चाना – स्याउको चानालाई सिरकासँग घमौरामा लगाउँनुहोस् र २० मिनेटपछि धुनुहोस् । यो दिनमा २ पटक गर्नुहोस् ।
१०. चन्दन – आधा चम्चा चन्दनको पाउडरलाई एक चम्चा गुलाब चलमा मिलाउँनुहोस् र घमौरा आएको ठाउँमा लगाउँनुहोस् ।
घमौरा तीन प्रकार का हुन्छन् –
क्रिष्टलीय प्रकार- miliaria crystallina : यो घमौरा को सबैभन्दा सामान्य प्रकार हो । एसमा छाला को सतह मा पसिना भरिएका मसिना फोका स्पष्ट देखिन्छन् । यो छाला को सबैभन्दा बाहिरी सतह मा हुने हुँदा हलुका चिलाउने गर्छ तर पोल्दैन । यो प्रायः गरेर बच्चाहरु मा देखिन्छ।
रुब्रा प्रकार- miliaria rubra : यो छाला को थोरै भित्री सतह मा हुन्छ । एसमा पसिना भरिएजस्ता नभएर सुन्निए जस्ता बिमिरा देखिन्छन् । यो चिलाउने सँगसँगै चहराउने पनि हुन्छ । एसलाई मिलियारिया पोस्टुलोसा पनि भनिन्छ । बच्चा, किशोर तथा वयस्क सबैमा एस प्रकार को घमौरा देखिने गरिएको छ ।
गम्भीर प्रकार- miliaria profunda : यो सबैभन्दा गम्भीर किसिम को घमौरा हो । सामान्यतया यो खाल को घमौरा विरलै देखिन्छ । एसमा ठूला, कडा र मासु को रंग का उभार देखिन्छन् ।
गर्मी भन्ने बित्तिकै हामीले चर्काे घाम बुझ्छौ । चर्काे घामले छालालाई जलाउने समस्या हुन्छ । विशेष गरेर खेलकुदसँग आबद्ध व्यक्तिहरुले खेलकुद खेलेपछि छाला रातो भयो सुन्निने जस्ता समस्याहरु बोकेर आउनुहुन्छ । त्यो बाहेक गर्मी समयमा तेल निकाल्ने ग्रन्थीले धेरै तेल निकाल्छ जसले गर्दा छाला चिल्लो हुन्छ । छाला चिल्लो हुनु आफैँमा पनि एउटा समस्या हो ।
छाला धेरै चिल्लो हुँदा डण्डीफोर आउने व्यक्तिहरुमा, डण्डीफोरको मात्रा बढी हुने र कडापना पनि बढेर आउँछन् । यस्तै गर्मी समयमा छालामा हुने अर्काे समस्या भनेको घमौरा हो । यो सामान्यतया धेरै व्यक्तिमा हुने समस्या हो । घमौरा धेरैजसो पसिना निकाल्ने ग्रन्थीको मुख बन्द भएर बाहिर निकाल्न नसकेपछि घमौरा आउँछ ।
साधारण खटिरा आउनेदेखि पाक्ने घमौरा पनि हुन्छन् । यस्ता घमौरा गर्मी समयमा धेरै आउँछन् । तराईमा धेरै गर्मी भएको हुँदा छाला जल्ने छाला कालो हुने जस्ता समस्याहरु हुन्छन् । सकेसम्म घामबाट छालालाई बचाउँदा राम्रो हुन्छ ।