२०७७ साल आषाढ शुक्लपक्ष असार १६ गते मंगल दशमी तिथि चित्रा नक्षत्र चन्द्रमा तुला राशिमा
मेष राशि : दाम्पत्य जीवनमा कुनै पनि समस्या थियो भने कम भएर जानुका साथै विवाहको लागि कुरा अगाडी बढ्ने देखिन्छ । नयाँ कामको अवस प्राप्त हुनसक्छ । काममा सफलता हात पर्ने छ ।
वृष राशि : कसै सँग पैसा वा केही सापटि चलाउनु भएको छ भने चाढै तिर्नु होला अन्यथा समस्या वा फस्न सक्ने सम्भावना छ । स्वास्थ्यले भने दुःख दिने नै छ सम्यमता अपनाउनु राम्रो हुनेछ ।
मिथुन राशि : प्रेमलाइ विवाहमा परिणत गर्न चाहानु हुन्छ भने राम्रो समय छ कुरा अगाडी बढाउनु नै उचित देखिन्छ । धन लाभको साथै सन्तान वाट सुख सुविधा प्रात्त गर्न सक्नुहुनेछ । विदेश यात्राको अवसर प्राप्त हुन सक्छ ।
कर्कट राशि : आमाको स्वस्थ्यमा भएको समस्या कम भएर जानेछ । घर परिवार तथा साथीभाइ सगँको सहयोग वा ममताको कारणले गर्दा मन प्रसन्न रहने छ । आर्थिक लाभको पनि सम्भावना छ ।
सिंह राशि : घर परिवारमा मत मतान्तरको वातावरण वन्नुका साथै व्यपार व्यवसायवाट लाभ प्राप्त हुन सक्छ । जागिरमा पदोन्नतिको साथै नयाँ काम पाउने सम्भावना छ । दाम्पत्य जीवन राम्रो भएर जानेछ ।
कन्या राशि : दाँत वा मुखमा कुनै घाउले सताउन सक्नेछ । नयाँ कामको अवसर प्राप्त हुनुका साथै वैदेशिक यात्राको अवसर प्राप्त हुन सक्ने देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्नेछ भने नया काममा केही ढिला हुन सक्छ ।
तुला राशि : व्यत्तित्वको प्रभाव वढ्नुका साथै मान सम्मानमा वृद्दि हुनेछ । तपाइको पराक्रम देखेर अरुलाइ तपाइप्रति लोभ लाग्न सक्छ । काममा जानु पूर्व भने गणेश भगवानको दर्शन गरेर जादा राम्रो हुनेछ।
वृश्चिक राशि : आउदै गरेको धन रोकिन सक्नेछ भने नयाँ ठाउँमा लागानी गर्नु पूर्व धेरै सोच विचार गर्नु होला । साथीभाइलाइ धेरै विश्वास गरेर गोप्यकुरा भन्नाले काममा वा धनमा वाधा हुनेछ ।
धनु राशि : धन लाभको साथै अचल सम्पत्ति प्राप्त हुन सक्नेछ । व्यपार व्यवसाय वाट पनि पनि मनग्गे आम्दानी हुन सक्नेछ ।दाजुभाइको साथ र सहायेगले रोकिएको काम वन्नेछ ।
मकर राशि : यात्रा गर्ने अवसर मिल्नुका साथै विदेश वाट लाभ प्राप्तहुन सक्छ । काममा पदोन्तीको सम्भावना छ । व्यापार वाट राम्रो लाभ हुन सक्छ । फसेको धन आउने सम्भावना देखिन्छ ।
कुम्भ राशि : धार्मिक यात्राको अवस प्राप्त हुनुका साथै घरमा वा नयाँ ठाउमा मांगलिक कार्यमा सरिक भएन सक्नेछ । आर्थिक लाभ हुनुका साथै काममा ठुलो सफलता हात पर्ने छ ।
मीन राशि : अरुको विस्वास गर्नु पूर्व धेरै विचार गर्नु होला अन्यथा विश्वासघात हुन सक्छ । वैदेशिक यात्राको अवसर प्राप्तहोला । आर्थिक लाभ दिनको अन्त्यमा भने हुन सक्नेछ । जागिरमा पदोन्नतिको सम्भावना छ ।
यो राशिफल ज्यो जीवन पौडेलले तयार पार्नुभएको हो । उहाँ केटीएम दैनिकसँग आवद्ध हुनुहुन्छ ।