अभिनेत्रीपुजा शर्माका एउटा भिडियाे केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
उनले तीन महिनाअघि प्राइभ टिभीमा दिएको अन्तर्वार्तामा नेपालमा १४ जिल्ला रहेको बताएकी थिइन् ।
यो अन्तर्वार्ता यूट्युबबाट हटाइए पनि उनले नेपालको जिल्लाबारे दिएको जवाफको भिडियो अहिले छ्यापछ्याप्ती भएको छ ।
अभिनेत्री पूजा शर्माले नेपालमा १४ वटा जिल्ला रहेको भन्दै जवाफ फर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी छन् ।
नेपालमा जन्मिएर नेपालमा कति जिल्ला छन् भन्ने ज्ञान नहुने अभिनेत्रीले आफूलाई नेपाली भन्न नसुहाउने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना पनि गरिरहेका छन् ।
यद्यपि, यस विषयमा पूजा मौन छिन् ।
यसबीच, अभिनेत्री सुष्मा कार्कीले पूजाको कटाक्ष गरेकी छन् ।
उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लाग्यो ।
छिःछिः ।’ उनले पूजाप्रति प्रहार गरेको यो पहिलो पटक भने होइन ।
उनीहरुबीच वर्षौंदेखि पानी बाराबारको सम्बन्ध छ ।
त्यसैले पनि पूजा सुष्माको निशानामा परिरहेकी हुन्छिन् ।