मोडलिङ तथा एक्टिङको लागि रूप रङ्गसँगै शारीरिक उचाइ पनि उत्तिकै महत्त्वपूर्ण छ । हलिउडमा मात्र होइन बलिउडमा पनि लामो उचाइ भएका नायिकाहरू प्रशस्तै छन् । जसमा अनुष्का शर्मा, दिपिका पादुकोण, सोनम कपुर, क्याट्रिना कैफ लगायतका चर्चित हिरोइनहरू छन् ।
यस सन्दर्भमा १९९० देखि २००० को दशकमा भने धेरै लामो उचाइ खासै चल्न सकेन । किनकि हिरोइनको अगाडि हिरो नै होचा देखिन्थे । र लामो उचाइ भएकै कारण तिनै हिरोइनले कतिपय चर्चित फिल्म तथा हिरोसँग खेल्ने पाउँदैनथे ।
त्यही उचाइ पछि गएर अग्ला हिरोइनका लागी बोझ बन्न पुग्यो ।
१.पुजा बत्रा -५ फिट ९ इन्चकी पुजा फिल्म विरासतबाट चर्चामा आएकी हुन् । एक पटक उनले भनेकी थिइन् कि लामो उचाइ भएकै कारण कुनै पनि हिरो सँगै काम गर्न तयार हुँदैनन् । लामो उचाइ भएकै कारण उनले सजिलै फिल्ममा प्रवेश हुन पाउन्न थिन् ।
२. शिल्पा सेट्टी- शिल्पालाई बलिउडमा ग्ल्यामरसकी मम्मी भनेर चिनिन्छ । तर उनको फिल्मी करियरका सुरुवाती दिनमा उनको मान्यता खासै थिएन । कारण थियो उनको अति लामो उचाइ । शिल्पाको अगाडि शाहरुख खान, सलमान खान र अमिर खान लगायत हिरो होचा देखिन्थे । उनको उचाइ ५ फिट ८५ इन्च रहेको छ ।
३. सुस्मिता सेन -मिस युनिभर्स समेत रहेकी सुस्मितालाई फिल्म मेने प्यार क्यु कियामा सलमान भन्दा आफ्नो उचाइ बढी भएकै कारण उनले थुप्रै तनाव सहनु परेको थियो । उचाइ कै कारण उनले कतिपय फिल्म रिजेक्ट समेत गर्नुपर्दछ । सुस्मितको उचाइ ५ फिट ९५ इन्च रहेको छ ।
४. सोनाली बेन्द्रे –बिहेपछि फिल्म क्षेत्रबाट पछि हटेकी नायिका सोनालीको उचाइ ५ फिट ८ इन्च रहेको छ । उनले आफ्नो लामो उचाइ र पातलो कम्मर भएकै कारण फिल्म अफर आउँदैनथ्यो । सोनालीले कैयौँ फिल्म खेले पनि खासै चर्चामा भने आउन सकिनन् । उनी कुनै टेलिभिजन शो मा जजको भूमिकामा देखा परिन्। उनी अहिले क्यान्सरको उपचार पछि आराम गर्दै छिन्।
५. युक्ता मुखि- साउथ फिल्म उद्योगकी यी हिरोइनले जम्मा ६ फिल्ममा काम गरेकी छिन् । लामो उचाइ भएकै कारण उनले मिस वर्ल्डमा नाम लेखाइन् तर फिल्म भने फ्लप भए । यिनको उचाइ ६ फिट १ इन्च रहेको छ ।
६. दिपानिता शर्मा –मोडलबाट नायिका बनेकी दिपानिताले ८ वटा काम गरिसकेकी छिन् । लामो उचाइ भएकै कारण उनको जोडी कुनै पनि हिरोसँग मिलेन र मुख्य भूमिका खेल्नबाट वञ्चित समेत हुनु पर्यो ।