हाम्राे जस्ताे साेच हुन्छ त्यही अनुसारकाे हातकाे रेखा हरुमा हुने रेखा परिवर्तन भइरहेकाे हुन्छ ।
संसारमा भएका मानिसहरू सबै फरक -फरक छन ।
एक जना मानिसकाे हातकाे औलाकाे छाप अर्का संग मिल्दैन, हामीले गर्ने सिग्नेचर अर्काे मानिसले गर्ने सक्दैन तेस्तै आखाँकाे रेटिना मिल्दैन भने हरेक मानिस हरु फरक फरक नै हुन्छन् र उनीहरुकाे हातमा भएका रेखा हरुपनि फरक -फरक नै हुन्छ ।
हाम्राे हातमा भएका साना साना रेखाहरु फेरबदल भई नै रहेका हुन्छन ।
यी महत्त्वपूर्ण रेखा हरुमा जीवन रेखा, भाग्य रेखा, हृदयरेखा, सूर्य रेखा, विवाह रेखा, लगायतका रेखाहरु हुन्छन् ।
हस्तरेखा अनुसार बिवाह रेखाबाट कुनैपनि मानिसकाे बिवाह संग जाेडिएमा हरेक कुराकाे जानकारी गराउन सकिन्छ ।
विबाह कहिले हुनेहाे, प्रेम बिवाह हाेकि मागि विबाह , कतिजना संग प्रेम हुने याेग रहेकाे छ , सन्तान कति हुन्छन् लगाएतका हरेक कुराहरु हातबाटै जानकारी प्राप्त गर्न सकिन्छ ।
हाम्राे हातकाे कान्छि औलाकाे तलतिर भएकाे रेखाकाे अद्ययन गरेर जानकारी लिने सकिन्छ ।
साना साना रेखाहरुकाे विशेष रुपमा अद्ययन गरेर जानकारी लिन सकिन्छ ।
बिवाह सफल हुने या नहुने भन्ने कुरा हातकाे माध्यमबमट जानकारी लिन सकिन्छ ।जति सङ्ख्यामा बिवाह रेखा हुन्छ तेतिनै बिबाह हुने सम्भाबना हुन्छ ।
साथै तपाईंको वैवाहित जीवन कस्ताे हुन्छ भन्ने पनि रेखाकाे सहयाेग बाट जानकारी लिन सकिन्छ ।
यदि तेही रेखा तलतिर गएकाे अबस्था रहेमा बिवाहमा समस्या आउने शास्त्रमा उल्लेख गरिएकाे छ ।
हातमा हुने शंख चक्र, त्रिशूल, माछा, औलाकाे साईज लगाएकाे विषयमा रहेर पनि मानिसकाे भबिस्यबाणी गर्ने मिल्ने शास्त्रमा उल्लेख गरिएको छ ।
लेखक रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।
सम्पर्क ९८५१०६११२४
ईमेल rijal.suresh123[at]gmail.com