रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि निधन भएको छ।
रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दुर्घटनामा परि ज्यान गएको हो ।
मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
उक्त कारले सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठक्कर खाएको थियो।
कार दुर्घटनामा परी गम्भीर घाइते उनलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिए भएपनि राति १ बजेको करिब मृत्यु भएको हो।
३० वर्षिय पाण्डेको श’वलाई पोष्टमार्टमका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए।