कृषि क्षेत्रलाइ तहसनहस पार्ने सलह कीरा शुक्रबार विहानदेखि नेपालको केही भु भागमा देखिन थालेको छ । यस्तै प्रदेश ५ मा पनि सलह देखिएको छ ।
कीराले पुर्याउने क्षतिलाई कम गर्न प्रदेश ५ सरकारले फरक तरिकाको उपाय अपनाउन लागेको छ ।
प्रदेश ५ सरकारले सलह कीरा समातेर ल्याउनेलाई नगद २० रुपैयाँ दिने उपाय अपनाएको हो । शनिबार प्रदेश सरकारले एक किलो सलह कीरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको छ ।
सलहले पुर्याउने क्षति कम गर्न विभिन्न उपाय छन् । जस मध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद दिने पनि एक रहेको जनाइएको छ ।
सलहको प्रकोप नियन्त्रण गर्न विषादीको प्रयोग पनि गर्ने गरिन्छ । तर प्रदेश ५ सरकारले अपनाएको उपायको अहिले सर्वत्र तारिफ गरिन थालिएको छ ।
भिडियोमा हेर्नुहोस बुटबलमा सलह किराले पुर्याएको क्षति
सलह कीरा माछाको लागि धेरै राम्रो आहारा मानिन्छ भने मध्यपूर्वका बिभिन्न देशमा मानिसहरुले नै सलह कीरा तारेर खाने गरेको समेत पाइन्छ ।
के हो सलह ?
सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।
हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको छ । “सुरुको अवस्थामा त्यति धेरै लामो दूरी तय गर्दैछ, दोस्रो चरणमा अलिक छिटो अघि बढ्छ, जब बयस्क हुन्छ, तब हावाको गतिमा उडेर माइलका माइल लामो यात्रामा अघि बढ्छ,” उनी भन्छन् । पछिल्लो समय रेकर्ड भए अनुसार प्रतिवर्गकिलोमिटर क्षेत्रमा चारदेखि आठ करोडको सङ्ख्यामा सलहको हुल एक स्थानबाट अर्को स्थानमा उड्छ ।
यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ । त्यस्तै यसको प्रजनन क्षेत्र र अण्डा नष्ट गर्ने, जैविक विषादी छर्कर्ने, झुल तथा जालको प्रयोग गरेर पक्रेर नष्ट गर्नेजस्ता उपाय स्थानीय तहमा अपनाएर क्षति थोरै भए पनि कम गर्न सकिने विज्ञ औँल्याउँछन् ।