काठमाडौं । काठमाडौं उपत्यकामा आज ५ जनामा कोरोना भाइरस (कोभिड(१९)पोजिटिभ देखिएको छ ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा उपत्यकामा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका थपिएका नयाँ संक्रमित काठमाडौं र भक्तपुरका हुन् ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार काठमाडौंमा १ महिला, ३ पुरुष र भक्तपुरमा १ पुरुषमा कोरोना पोजिटिभ देखिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उपत्यकामा ५ सहित आज देशभर ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ । डा. गौतमले नेपालमा ७७ जिल्लामै कोरोना सङ्क्रमण फैलिएको बताए ।
त्यस्तै आज १ सय ३६ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।