काठमाडौं । दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज परीक्षण गर्दा रिपोर्र्ट पोजेटिभ आएको हो।
प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका –१५ गुम्राह चोकमा वेवारिसे अवस्थामा बुधबार भेटिएकी अन्दाजी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो।
गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उद्धार गरी अस्पताल लगिएको थियो।
थप ५९३ मा कोरोना संक्रमण संख्या ११ हजार ७ सय ५५ पुग्यो
नेपालमा शुक्रबार ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घन्टामा ६ हजार ५ सय ४२ जनाको परीक्षण गर्दा ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण भएको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
आजै ४८ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोबाट निको हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
आजसम्म २ लाख ६ हजार २ सय ७९ जनामा पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
रसुवा जिल्ला बाहेक सम्पूर्ण जिल्लाहरुमा कोरोना संक्रमण भेटिएको छ भने ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।