२०७७ साल आषाढशुक्लपक्ष असार १३ गते शनिवार सप्तमी तिथि पूर्वफाल्गुनी नक्षत्र चन्द्रमा सिंह ४ वजे सम्म पछि कन्या राशिमा
मेष : शत्रुले बन्दै गरेको काममा बाधा पार्ने समय छ । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्न सक्नेछ । आर्थिक हानिको सम्भावना का साथै लगानिगरेको क्षेत्रमा समस्या देखा पर्न सक्नेछ ।
वृषः सन्तान सुख पाउन सक्नुका साथै प्रेम तथा दाम्पत्य जीवनमा राम्रो भएर जानेछ । सामान्य मेहिनतमा पनि राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ । तपाइको वुद्धिको प्रशंशा हुनेछ । आर्थिक प्रगति हुनेछ ।
मिथुनः माताको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । चौपाय तथा वाहन सुख प्राप्तहुनेछ । घर परिवारमा मन अत्यन्त रमाउनुको साथै यात्राको अवसर प्राप्तहुन सक्छ ।
कर्कटः धन लाभको समय छ । राकिएको काम बन्नुका साथै नँया काम गर्ने अवसर प्राप्त हुन सक्नेछ । पराक्रम वढ्नेछ । मन प्रसन्न हुने देखिन्छ । सभा सम्मेलना वृद्धि हुने योग छ ।
सिंहः बोल्दा विचार गर्नु होला अन्यथा झ-गडा पर्नुका साथै विवाद हुन सक्नेछ । दाँत वा घाटीमा समस्या देखापर्न सक्नेछ । अचल सम्पति प्राप्त हुन सक्नेछ । काममा भने अवजस पाउन सकिन्छ ।
कन्याः मान सम्मानमा वृद्धिको सम्भावना हुनुका साथै तपाइको प्रशंशकहरु वृद्धि हुनेछन् । आर्थिक वेद्धिको सम्भावना छ । तथा गरेको लगानिको उचित फल प्राप्त गर्नुहुनेछ ।
तुला : आर्थिक हानिको सम्भावना छ । गरेको लागानिमा समस्या देखा पर्न सक्नेछ । मुद्दामामिला जस्तो समस्याले सताउने छ । पुलिस केस हुन सक्छ । यात्रामा वाधा आउन सक्छ सतर्क रहनु होला ।
वृश्चिक : राम्रो समय छ । आर्थिक वृद्धिको साथै लगानि गर्ने अवसर प्राप्तहुनेछ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । स्वास्थ्यमा भने संयम्ता अपनाउनु जरुरी छ ।
धनुः व्यपार व्यवसायमा विचार गर्नुहोला अन्यथा आर्थिक हानिको सम्भावना छ । जागिर वा घरपरिवारमा मत मतान्तर हुन सक्नेछ ।
मकर : भाग्यमानी बन्नुहुनेछ राकिएको काम बन्नुका साथै नयाँ अवसर प्राप्त हुन सक्छ । लगानि गर्ने अवसर प्राप्त हुनेछ । पिताजीसँगको सम्बन्धमा राम्रो भएर जानेछ ।
कुम्भ : चोट पटकको सम्भावनाका साथै पानि बाट जोगिनुहोला । अन्यथा स्वास्थ्यमा समस्या हुनेछ काममा व्यवसायमा ख्याल गर्नुहोला । अन्यथा धनमा समस्या हुन सक्छ ।
मीन : दाम्पत्य जीवनको सुख आनन्द प्राप्त हुन सक्नेछ । रोजगार बाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ । साझेदारीको काममा भने फाइदा पुग्नेछ । नयाँ कामको अवसर प्राप्तहोला ।