सुशान्त सिंह राजपूत चार छोरीपछि जन्मिएका एक्ला छोरा थिए । ४ दिदीहरुलाई भाइ बिना रक्षा बन्धन खल्लो लागेपछि छोराको चाहान बढेको थियो ।
सुशान्तका पिता केके सिंहले मिडियासँग कुराकानी गर्दै परिवार भित्रको रहस्य खोल्दै भने, ”३ वर्ष भाकल गरेर जन्मेको छोरा हामीभन्दा पहिले गयो ।
जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।”
सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गर्दै भने हामी सुशान्तलाई भगवानको उपहार मान्थ्यौँ तर भगवान्ले नै छिट्टै छाडेर गए ।
कुराकानीका क्रममा खुल्दै गएका केकेले भने, “अरु बेला वास्ता नभएपनि दिवाली खल्लो लाग्ने गर्थ्यो,छोरीहरुले भाइको रहर गरेपछि हामीले भाकल गरेर उस्लाई जन्माउको हौं”
https://www.instagram.com/p/CB09JC9gqs3/?utm_source=ig_embed
सुशान्तको बुबा के के सिंह राजपुतले भारतको टड्का बलिउडसँग कुरा गर्दै उनको बारेमा धेरै रहस्यहरु खोलेका छन् ।
र यो पनि : सुशान्तसँगको ब्रेकअपको ४ वर्षसम्म पनि अंकिताले हटाइन्न आफ्नो घरको नेमप्लेट
उनले भने, सानो हुदाँ मनमा केहि कुरा राख्न सक्दैनथ्यो । सबै कुरा दिदीलाई र मलाई सुनाउँनै पर्थ्यो ।
उनले सुशान्त र अंकिताको जोडी पवित्र रिश्तामा खुब जमेको बताएका छन् ।
अंकिता हामीलाई सान्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् ।
म सुशान्तको जीवनमा भएका साथीहरु मध्ये अंकितालाई मात्र चिन्छु ।
र यो पनि : ६ वर्षसम्म सँगै बसेकी अंकिता रुदै सुशान्तको परिवार भेट्न पुगिन् ..
कृति सनोनसँग पनि मेरो अन्तिम संस्कारको बेलामात्र भेट भएको हो ।
मैले उस्को बिहेको बारेमा कुरा गरेको थिए । उस्ले कोरोनाको महामारीको बिचमा बिहे गर्दिन यो साम्य होस अनि मात्र बिहे गर्छु भनेको थियो ।
२०२१ मा हामी उस्को बिहे गर्दिने सोचमा थियौं ।
र यो पनि : पुर्वप्रेमी सुशान्तलाई बिदा गर्न पुगिन् कृति
उसँग बिहेको कुरा नै अन्तिम कुरा भयो ।
सुशान्तको नाम रिहा चक्रावतीसँग जोडिए पनि मैले उस्लाई चिनेको छैन ।
तर अंकिताले हामीलाई र हामी अंकितालाई धेरै माया गर्छौं ।