बिहीबार काठमाडौं उपत्यकामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएको बताए ।
तीनैजना संक्रमित काठमाडौंका पुरुष रहेको उनले बताए ।
नेपालमा शुक्रबार ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।
थप ५९३ मा कोरोना संक्रमण संख्या ११ हजार ७ सय ५५ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घन्टामा ६ हजार ५ सय ४२ जनाको परीक्षण गर्दा ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण भएको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
आजै ४८ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोबाट निको हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
आजसम्म २ लाख ६ हजार २ सय ७९ जनामा पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
रसुवा जिल्ला बाहेक सम्पूर्ण जिल्लाहरुमा कोरोना संक्रमण भेटिएको छ भने ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।