सुशान्तलाई गुमाएको बलिउडले अर्की एक कलाकारलाई पनि गुमाएको छ ।
१६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा आत्मह-त्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनको मृत्युको खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको इष्टामा एक पोष्ट राख्दै बताएका छन् ।
२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन्। जसमा उनले कुनै संकेत गरेकी छैनन्।
उनले किन आत्मह-त्या गरिन् भन्ने बारे केही खुलेको छैन। घटनाबारे प्रहरीले अनु सन्धान थालेको छ।
केही दिन चर्चित कलाकार सुशान्त सिंह राजपुतको श-व घरमै झु-ण्डिएको अवस्थामा फेला परेको थियो। उनको निधनसँगै बलिउडमा नेपोटीजम (नातावाद) चर्को रुपमा बहसमा आएको छ । जसले गर्दा करण जोहर, सोनाक्षि सिन्हा र आलिया भट्टका फ्यान फ्लोइङ्गहरु दिनानुदिन घट्दै गइरहेका छन् । पछिल्लो समय हाफ गर्लफ्रेन्ड फिल्म सुशान्तबाट खोसेको भन्दै अर्जुन कपुर पनि ट्रोलको सिकार भएका छन् । चेतन भगतमा सन् २०१६ मा गरेको ट्विट अहिले भाइरल भैरहेको छ ।
बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दिग्गज कलाकार गुमाएको छ।