कञ्चनरुप नगरपालिकाको जीपले मोटरसाइकललाई ठक्कर दिंदा सप्तरीमा आमा र छोराको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका–७ स्थित कल्याणपुर बजारमा स १ झ ७८७ नम्बरको जीपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटना-स्थलमा नै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा खड्ग नगरपालिका– ५ निवासी ६५ बर्षीया सुधनीदेवी देवी दास र ३७ बर्षीय वीरेन्द्र दास छन् । ठ-क्कर दिने गाडी कञ्चनरुप नगरपालिकाको हो । लहानबाट कञ्चनरुपतर्फ आउने क्रममा जिपले ठक्कर दिएको हो ।
प्रहरी प्रवक्ता भारतीका अनुसार मृत्यु भएकाको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ठक्कर दिने जीप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।