कैलालीको टीकापुर नगरपालिकाले सेनेटरी प्याड खरीदका लागी रु ५२ लाख बजेट छुट्याएको छ ।
कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार तीन सय विनियोजन गरेको छ ।
नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसियु सेवा सञ्चालनका लागि रु ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि रु दुई लाख बजेट विनियोजन गरिएको छ ।
एक वडा एक गौरवको सडक योजनाअन्तर्गत सडक कालोपत्रेका लागि रु सात करोड २० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि रु १६ लाख ३२ हजार, सेनेटरी प्याड खरीदका लागि रु ५२ लाखसहित शिक्षा क्षेत्रमा रु २२ करोड ३९ लाख ५२ हजार सात विनियोजन गरिएको छ ।
पर्यटन प्रवद्र्धन गर्न रु २१ लाख ५० हजार रकम विनियोजन गरेको छ ।