सुदूरपश्चिममा आज (बुधबार) थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार कैलालीका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कैलालीमा बुधवार ५७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ६० पुगेको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १० महिला र ४७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
नयाँ थपिएका ५७ जनामा ३२ जना गोदावरी नगरपालिका कैलालीका छन् भने २५ जना लम्कीचुहा नगरपालिकाका छन्। सबैभन्दा बढि प्रदेशको स्थायी राजधानी रहेको गोदावरी नगरपालिकामा ८४ पुरुष र २९ महिला गरी एक सय १३ जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेका अनुसार २ सय ५४ जनाको परीक्षणमा ५७ जनामा संक्रमण देखिएको हो ।
जसमध्ये लम्कीचुहा, कैलालीका १९ देखि ४९ वर्ष उमेर समूहका ६ महिला र १८ देखि ६० वर्ष उमेर समूहका १९ पुरुषसहित २५ जना छन् भने गोदावरी नगरपालिकाका ५ देखि ५० वर्ष उमेर समूहका ४ महिला र ८ देखि ४८ वर्ष उमेर समुहका २८ पुरुष सहित ३२ जनामा कोरोना देखिएको छ ।
सुदूरपश्चिममा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ भने १ सय ७५ जना निको भएर घर फर्किसकेका छन् ।