२०७७ साल आषाढ शुक्लपक्ष असार १० गते बुधवार तृतीया तिथि तिष्य नक्षत्र चन्द्रमा कर्कट राशिमा
मेष राशि : घर परिवारमा केही शान्तिको वातावरण भएतापनि मनमा भने अशान्तिनै रहने छ । प्रेम सम्वन्ध तथा दाम्पत्यजीवन भने राम्रो हुनुका साथै साथ र सहायोग प्राप्त हुनेछ ।
वृष राशि : तपाइको आलोचना गर्ने व्यक्तिहरु वढ्ने छन जागिर वा व्यपारीक क्षेत्रमा संम्यमता अपनाउँदा राम्रो हुनेछ । अरुका कुरामा ख्याल नगरी अगाडी बढ्दा राम्रो हुनुका साथै आर्थिक पक्ष राम्रो हुनेछ ।
मिथुन राशि : स्वास्थ्य समस्याले भने सताउनेनै छ । मन अशान्त हुने छ स्वास्थ्यको कारणले गर्दा अचल सम्पति जोड्ने समय छ थोरै मेहनत गर्दा कुटुम्भको भने सहयोग प्राप्तहुनेछ ।
कर्कट राशि : तपाइको एक्लो प्रयाशले गर्दा धेरै ठुलो सफलता हात पर्ने छ सामुहिक काममा । सहयोगहरुको साथ प्राप्त हुनुका साथै मान सम्मानमा वृद्धि हुनेछ । आर्थिक लाभको समय छ ।
सिंह राशि : नगरेको गल्तिमा फस्नुभएको थियो भने छुटकारा पाउनु हुनेछ । गालि गर्नेहरु प्रंशसा गर्न थाल्नेछ । आर्थिक हानि भने हुनेनै छ । तथा व्यवसायमा सोचेको अनुरुप काम हुनेछैन ।
कन्या राशि : व्यवसाय फस्टाएर जानुका साथै नयाँ व्यवसायमा नसोचेको लाभ हातपर्ने छ । दाम्पत्य जीवन वा प्रेमी प्रेमीकामा भने समस्या देखा पर्ने छ । बोल्दा विचार गर्नु होला ।
तुला राशि : दिन तपइको पक्षमा हुन गाह्रो हुने कारणले गर्दा मन अशान्त हुने तथा जगिर वा व्यवसायमा झुटा आरोप लाग्न सक्नेछन् । आर्थिक हानिको समय पनिछ सन्तानलाइ स्वास्थ्यमा समस्या देखापर्न सक्नेछ ।
वृश्चिक राशि : थोरै मेहनत गर्दा पनि ठूलो सफलता प्राप्त हुनेछ । भाग्यमा रोकिएको धनका साथै काम हरु बन्नेछन् । साथिभाइ सँग भएको मनमुटाव मिल्नेछ ।
धनु राशि : आर्थिक लाभको समय छ । चौतर्फ प्रंशसा प्राप्त गर्नुहुनेछ । जागिरमा पदोन्नतीको सम्भावना देखिन्छ । अहिले सम्म विग्रेको काम बनेर जानेछ ।
मकर राशि : समय तपाईको पक्षमा छ शत्रुलाइ पनि आफ्नो पक्षमा ल्याएर काम गर्न सक्नुहुनेछ । यात्रागर्नु पूर्वभने धेरै विचार गर्नु होला अन्यथा समस्या देखापर्न सक्नेछ । मन प्रसन्न हुनेछ ।
कुम्भ राशि : काममा आएको बाधा हटेर जानेछ भने । काममा आर्थिक लाभको समय छ । दाम्पत्य जीवनमा भने मनमुटावमा वृद्धि हुनेछ । मनमा अशान्ति छाउने छ घर परिवारको कारणले गर्दा ।
मीन राशि : देश विदेशको यात्रागर्ने अवसर प्राप्त हुन सक्नेछ । सन्तान सुखको समयछ । गरेको काममा प्रशंसा प्राप्त हुनुका साथै लगानि गर्ने अवसर प्राप्तहुन सक्छ । आर्थिक पक्षमा वृद्धि हुनेछ ।