यही असाढ १५ गते भित्र संसदबाट अनुमोदन गरिसक्नु पर्ने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्ततः अनुमोदन नहुने भएको छ।
जसरी पनि असार १५ भित्र एमसीसी संसदबाट पारित गराउनु पर्ने बाध्यात्मक अवस्थामा रहेका प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको साथ पाए पनि आफ्नै पार्टीभित्रबाट असहयोग पाएका हुन् ।
सत्तारुढ नेकपाभित्र प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु एमसीसीको विपक्षमा देखिन्छन् ।
मंगलबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असाढ १७ गते बस्ने गरी स्थगित गरेपछि एमसीसी अनुमोदन नहुने देखिएको हो।
करिब ५५ अर्ब रुपैयाँ बरारको अमेरिकी सहयोग हुने एमसीसी जसरी पनि अनुमोदन गराउने पक्षमा रहेका प्रधानमन्त्री केपी ओलीलाई सभामुख सापकोटाले सभामुखको शक्ति देखाई दिएका छन्।
एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपामै विवाद थियो।
नेकपामा बहुमत सदस्यहरु एमसीसीको विरोधमा थिए भने प्रधानमन्त्री ओली जसरी पनि अनुमोदन गर्ने पक्षमा थिए। तर, संसदबाट अनुमोदन गर्नुपर्ने अन्तिम म्याद असाढ १५ सम्म थियो। त्यसअघि संसद बैठक नबस्ने भएकाले एमसीसी फेल हुने देखिएको हो।
असाढ १० (बुधबार) नेकपाको स्थायी कमिटि बैठक बस्दैछ। त्यसमा पनि यो विषयमा छलफल हुने छ। प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच देखिएको यो टकरावले नेपाली राजनीतिमा नयाँ परिददृश्य पनि देखिने सम्भाावना छ।