अष्ट्रेलियामा रहेका दुई नेपाली विद्यार्थीले उठाएको गलत कदमले अष्ट्रेलियामा रहेका लाखौं नेपालीहरु लज्जित भएका छन् ।
लकडाउनको बेला बेखर्ची भएका ती दुई नेपालीले खर्च जुटाउन एक ८५ वर्षिया वृद्धालाई ठगेको आरोप लागेको छ ।
समाचारमा जनाइए अनुसारमा अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार प क्राउ गरेको हो ।
उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्रा उ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा र जानाजान आ पराधिक कार्यमा संलग्न भएको आरोपमा मु द्दा लगाइएको छ ।
अष्ट्रेलियाबाट प्रकाशित हुने नाइनन्युजको समाचारमा जनाइएअनुसार ठ गीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक फोन कल आएको थियो ।
फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।
पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।
प्रहरीले वृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्रा उ गरेको छ ।
दुवैलाई मंगलबार स्थानीय अदालतमा उपस्थित गराइएको छ । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।
लकडाउनको समयमा धेरै मानिसहरु आर्थिक अभावमा रहेका छन् । यो काम गर्ने यी २ नेपाली भरिया मात्र हुन वा यिनिहरुकै मास्टरप्लान अनुसार यसरी रकम ठगी गरिएको हो भन्ने कुरा खुलाइएको छैन ।
अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको लागि अध्ययनको लागि पहिलो रोजाइमा पर्दै आएको छ ।