अछामबाट धनगढी आउँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
अछामबाट धनगढी आउँदै गर्दा बा १६ च २२२३ नम्बरको जीप डोटीको जोरायल गाउँपालिका वडा नम्वर १ गोगनपानीमा दुर्घटना भएको हो ।
जीपमा कति यात्रु थिए भन्नेबारेमा खुल्न सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार घाइतेहरुरलाई उपचारका लागि धनगढी पठाइएकाे छ ।
त्यस्तै पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, सयौं गाडी अलपत्र परेका छन् ।
सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् ।
केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको उनले बताए । राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
कतर्फी बाटो खुलेपछि डोजर फर्किसकेकाले तत्काल बाटो खुल्ने कठिन भएको छ । ‘डोजर फर्किसकेको छ, बोलाउने प्रयास भइरहेको छ,’ श्रेष्ठले भने, ‘डोजर ल्याउन सकियो भने बत्ती बालेर पनि बाटो खुलाउने प्रयास गर्छौं तर कतिसमय लाग्छ यसै भन्न सक्ने अवस्था छैन् ।’
लामो समयदेखि सडक अबरुद्ध हुँदा दशैंका लागि आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् । टाढादेखि आएका यात्रुहरु दिनरात जाममा बस्नु पर्दा र खानेकुरा समेत नपाउँदा समस्यामा परेका छन् ।
बुधबार बिहान आठ बजे झरेको पहिरो पन्छाउन दिनभर लागेको थियो । आँबुखैरेनीदेखि करिब एक किलोमिटर पूर्व ऐनापारमा पहिरो खस्दा करिब एकसय मिटर सडक ढाकिएको थियो ।
सडक अबरुद्ध हुँदा दशैंका बेला आउजाउ गर्ने यात्रु समस्यामा परेका छन् । एम्बुलेन्स, पर्यटकको गाडी, सार्वजानिक, निजी सयौंको संख्यामा सवारीसाधन सडकमा लाम लागेका थिए । राजमार्ग जोडिने वैकल्पिक बाटो नहुँदा यात्रुहरु समस्यामा परेका हुन् ।