सुनको मूल्य प्रतितोला ४ सयले बढेर ९१ हजार रुपैया पुगेको छ ।
नेपाल सुनचाँची व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतिय मुद्रा कमजोर भएर डलर महंगो पर्न गई सुनको भाउ वृद्धि भएको सुनचाँदी व्यवासायी महासंघको महासचिव धर्मसुन्दर ब्रजाचार्यले बताए। बज्राचार्यले सुनको भाउ अझै बढ्ने दाबी गरे।
भिडियो
हातमा लगाइएको सुनले ल्याउँछ दुर्भाग्य, थाहा पाउनुस् सुनसँग जोडिएका १३ रोचक कुरा