स्वस्तिक वैदिक काल देखिनै शुभ तथा मंगलका प्रतिकका रुपमम पुजा गरिदै आएकाे छ।
कुनैपनि स्थानमा स्वस्तिककाे पुजा तथा स्थापना गर्नाले जुन दिशामा भएकाे वास्तु दाेषकाे दाेष नलाग्ने शास्त्रहरुमा बताईएकाे छ ।
बिजयकाे प्रतिकका रुपमा स्वस्तिक वैदिक पद्धतिअनुसार चारै वेदका मन्त्रहरूमा साधना, मन्त्र, तन्त्रयन्त्रको प्रयोग, राज्याभिषेक, राजदण्ड र मुकुटको निर्माण, राज सिंहासनको व्यवस्थापन वैदिक शासन व्यवस्थालाई आत्मसात् गर्ने बिजयकाे प्रतिकका रुपमा पनि घर तथा आफु बसाेबास गर्ने स्थानमा राख्ने गरिन्छ ।
एकले अर्काेलाई काट्दै सिधा तानिएकाे रेखा दायाँ माेडिएकाे हुन्छ जसले चार पुरुषार्थ धर्म ,अर्थ काम र माेक्क्ष माथि बिजय प्राप्त गर्ने हुन्छ । बह्माडमा भएकाे सकारात्मक उर्जालाई निरन्तर रुपमा प्रभाह गरिरहेकाे स्वस्तिक यसकाे ठिक बिपरित उल्टाे स्वस्तिक अर्थात बायाँ घुमेकाे अत्यन्तै अशुभ मानिन्छ ।जर्मनी तानाशाह हिटलरकाे ध्वजाकाे संकेत उल्टाे स्वस्तिक रहेकाे थियाे ।
ऋग्वेदमा स्वस्तिकलाई सुर्यकाे प्रतिका रुपमा बर्णन गरिएकाे छ ।चार भुजाहरुलाई चार दिशाकाे नाम समेत दिईएकाे छ । माथिल्लो भाग उत्तर तेसपछि अाउने पुर्ब माथिलेकाे ठिक बिपरित दक्षिण र अन्त्यमा पश्चिम गरि चार भुजालाई चार दिशाका रुपमा पनि वर्णन गरिएकाे छ । वास्तु शास्त्रकाे सिद्धान्त र नियम सम्पूर्ण स्वस्तिकमा निहित छ । घर बनाउदा घरकाे मुख्य द्वार नै स्वस्तिककाे सिद्धान्तमा हुनेहुनाले पनि यसकाे महत्व अझ वड्दै गएकाे हाे ।
नयाँ कामकाे थालनिमा सर्वप्रथम स्वस्तिकबाट नै सुरु गरिन्छ ।पुजा पाठ यज्ञ यज्ञादिमा पनि सुरु स्वस्ति वाचन वाटनै गरिएकाे हुन्छ । हरेक प्रकारका जुनसुकै दिशामा भएकाे वास्तु दाेषकाे निवार्ण अापकाे काठवाट निर्माण गरिएकाे स्वस्तिक लगाएमा उक्त दाेष निवारण हुनेकुरा शास्त्रमा बताएको छ ।
आपको काठमा सकारात्मक उर्जा प्रवाह धेरैमात्रमा हुनेहुनाले पनि पुजा गर्दासमेत अापकाे पातकाे महत्त्व धेररैनै रहने हुन्छ । श्रिमद् भागवतमा पनि सुरुमानै अापकाे ब्यख्या गरिएकाे छ ।
सुन,चादि, तामा अथवा पंचधातुबाट बनाईएकाे स्वस्तिकलाई प्रणप्रतिठा गरेर स्थापना गरेमा मात्र सकारात्मक उर्जा प्रवाह हुनेहुन्छ र सुखद परिणाम दिने हुन्छ । राेली,बेसार र सिन्धुर बाट बनाईएकाे स्वस्तिकले अात्म सन्तुष्टि दिनेछ ।
अशान्ति हटाउनकालागि तथा पारिवारिक प्रगतिकालागि भने स्वस्तिक यन्त्र लाई रवि पुष्य ,गुरु पुष्य तथा दिपावलिकाे समय पारेर लक्ष्मी यन्त्र या श्रियन्त्र संगै स्थापनागरेमा व्यापार व्यवसायमा लाभ मिल्ने उल्लेख गरिएको छ ।
हाम्रा प्राचीन ऋषिमहर्षिले वैज्ञानिक अनुसन्धान उत्कर्षमा पुर्याएकै हुन् । हाम्रा ऋषिहरूले गरेका तथ्यगत र प्रमाणमा आधारित प्रमाणिकता आधारहरू मन्त्र, यन्त्र, तन्त्रका माध्यमबाट संसारभरि फैलिएकै छ ।
एकमात्र स्वस्तिक यन्त्रमा एकलाख भन्दा धेरै घनात्मक उर्जा उत्पादन गर्नसक्ने क्षमता रहेकाे हुन्छ । जब वास्तुदाेष निवारणका लागि लगाईने गणेशकाे मुर्ति भन्दा पनि धेरै उर्जा स्वस्तिक वाट प्रवाह हुने वेदमा बताएको छ ।
यसका अतिरिक्त पन्चगव्य लाई अापकाे पातले प्रतेकदिन घर या व्यवसायीक स्थनमा छर्केमा पनि सकारात्मक उर्जाकाे प्रवाह हुने शास्त्रमा वताईएकाे छ ।