कैलाली – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोनालाई जितेर घर फर्केका छन् ।
वडाध्यक्ष भट्टले १५ दिनमा कोरोनालाई जितेर घर फर्केका हुन् । सङ्क्रमण भएको कुनै महसुस नै नभएको बताउँदै आत्मबल बलियो बनाएर कोरोनालाई परास्त गर्न सफल भएको बताए ।
पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएका भट्टको लगातार दुई पटक रिर्पोट नेगेटिभ आएको हो ।
आरडीटी रिर्पोट पोजेटिभ आए पनि कुनै लक्ष्मण नदेखिएकोले सुरुदेखि नआत्तिएको बताउँदै उहाँले बीचका केही दिन सास फेर्न समस्या आएपछि अन्य दिन कुनै समस्या नभएको आफूले शारीरिक व्यायाम लगायतका कसरतहरु गरिरहेको बताए ।
‘घाँटीमा समातेको जस्तो भएको र बेला बेला । ज्वरो पनि आएकाले मन आत्तिएको र डराउनुभन्दा पनि सम्हालिएर अगाडि बढ्दा कोरोनालाई जित्न गाह्रो नभएको उनले बताए ।