स्पर्श विहान: १० बजेर ५० मिनेटमा
मध्यः दिनको १२ बजेट ३८ मिनेटमा
मोक्षः दिनको २ बजेर २३ मिनेट
ग्रहण काल ३ घण्टा ३३ मिनेट
२. खाना खान नुहुने चार प्रहर वा १२ घण्टा अघिवाट । बाल,वृद्ध,रोगी र आतुर वाहेक
३. चिनामा ग्रहण दोष भएका मानिसहरुले विशेष ध्यान दिनुपर्नेः
क. कुण्डलीको पहिलो कोठामा राहु बसेको
ख. कुण्डलीको कुनै पनि कोठामा राहु र सूर्य सँगै बसेको
ग. कालसर्प योग परेको
दान गर्ने र पाठ गर्ने वा सुन्ने
४. ग्रहण अबधिमा के के गर्ने ?
क.सुरु र अन्त्यमा श्नान
ख. महामृत्युञ्जय श्तोत्र पाठ र श्रवण
ग. नवग्रहश्तोत्र पाठ वा श्रवण
घ. दान, ध्यान, भजन
५. ग्रहण अबधिमा के के नगर्ने
१. झगडा, भोजन, शुभकार्यको थालनी, यात्रा
२. यौन सम्पर्क (ग्रहण अबधिमा गर्भ वसेर जन्मेको बच्चा राक्षसी प्रवृत्तिको हुन्छ)
३. चक्कु, कैंची, सियो, धागो चलाउने,
४. रोप्ने गोड्ने, लिपपोत, सफाई
५. शुभ कार्यको थालनी
६. ग्रहण हेर्ने
६. राशि अनुसार ग्रहण हेर्दाको फल
मेषः श्रीप्राप्ती, वृषः क्षति, मिथुनः घात, कर्कटः व्यय, सिंहः लाभ, कन्याः सुख, तुलाः माननास, वृश्चिकः कष्ट, धनुः विपरित लिंगी पिडा, मकरः सुख, कुम्भः चिन्ता, मीनः व्यथा
मेष, सिंह, कन्या र मकरलाई राम्रो अरुलाई नराम्रो
७. ग्रहण दान (ग्रहण सकेर श्नान गरेपछि गर्ने)
१. मेष र वृश्चिकः सात प्रकारका अन्नहरु एकै स्थानमा मिसाएर । गुड वा चिनी
२. वृष र तुलाः सेतो मिठाई
३. मिथुन र कन्याः मुँगिको दाल
४. कर्कटः चना वा मुसुरो
५. सिंहः मुसुरो, चिनी, तातो दिने रातो कपडा
६. धनु र मीनः पहेंलो कपडा
७. मकर र कुम्भः तोरीको तेल
आजको ग्रहण भारतको लागि खतरनाक हुन सक्छ : ज्योतिषी पौडेल
आगामी २०७७ साल असार ७ गते आइतबार जुन २१ तारिखका दिन नेपालबाट खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ ।
बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ ।
अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ ।
उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेकाे हुनाले यसलाई विशेष रुपमा हेरिएको छ ।
ग्रहण सुरुभएकाे २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छाेडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ ।
यस्ताे खालकाे ग्रहण महाभारत यु द्धको समयमा पनि लागेकाे भन्ने ज्याेतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ ।
आइतबार सूर्य ग्रहण तथा साेमबार चन्द्र ग्रहण परेकाे वर्ष विशेष महत्व रहने गरेकाे छ । उक्त ग्रहणलाई चुडामणी ग्रहण भनेर भन्ने गरिएको छ ।
भोलिको ग्रहण भारतको लागि खत-रनाक हुन सक्छ किनभने,भारतको स्वतन्त्रता कुण्डलीमा वृष लग्न आउँछ ।
भोलिको ग्रहण मिथुन राशिमा छ र भारतको दोस्रो मिथुन राशिमा मंगल छ ।
त्यो कारण यदि पाप ग्रह बसेको ठाउँमा ग्रहण लाग्दा नराम्रो हुन्छ भन्ने उल्लेख छ ।
मंगल भनेको सेना,अग्नि,भूमिको कारक हुन्छ त्यो कारणले गर्दा सेना र भूमिको कारण समस्या आउँछ ।
सूर्य ग्रहणको फल ६ महिनामा मिल्छ त्यो कारण ले गर्दा भारत लाई समस्या आउन सक्छ ।
भारतका प्रधान मन्त्री नरेन्द्र मोदीको नामबाट हेर्दा वृश्चिक राशि र अष्ठम स्थानमा ग्रहण लाग्दैछ ।
अष्ठम मा ग्रहण लाई कस्टम भन्ने कारणले गर्दा मोदीलाई पनि कष्ट हुन सक्ने छ ।
यो ग्रहणको फल भारतले ६ महिनामा पाउन सक्छ ।
लेखक पौडेल केटिएम दैनिकसँग आबद्ध छन् ।