२०७७ साल आषाढकृष्ण्पक्ष असार ७ गते आइतवार औंशी तिथि मृगशिरा नक्षत्र चन्द्रमा मिथुन राशिमा
मेष राशि : दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनुका साथै पराक्रम बढेर जानेछ । थोरै प्रयासमा पनि राम्रो सफलता हात पार्न सकिने छ तथा गरेको काममा सन्तुष्टि मिल्ने देखिन्छ । व्यपारमा लाभ मिल्नेछ ।
वृष राशि : बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्वसँगको सम्वन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पति प्राप्त गर्न सक्ने समय छ । मु द्दा मामिला वा प्रहरी केस भएकाहरु भने थप समस्यामा पर्ने देखिन्छ ।
मिथुन राशि : व्यक्तिवको प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर बसेका मानिसहरु तपाइ प्रति प्रभावित पर्ने छन् । स्वास्थ्यमा कुनै समस्या थियो भने कम भएर जानेछ । मान सम्मानमा वृद्धि हुनेछ ।
कर्कट राशि : शत्रु वा अल्छिको कारण काममा आएको समस्या हटेर जानेछ। यात्रा गर्ने अवसर प्राप्तहुन सक्छ । सतर्क भएर यात्रा गर्नु होला अन्यथा चोटपटकको सम्भावना छ ।
सिंह राशि : आर्थिक लाभको साथै जग्गा जमीन वा अचल सम्पतिवाट लाभ प्राप्तगर्न सक्नुहुनेछ । घरमा भने सामान्य कलहको वातावरण वन्नसक्नेछ संम्यमता अपनाउनुहोला । फसेको वा रोकिएन धन आउने छ।
कन्या राशि : मनमा नैरास्यता छाउनुका साथै गरेको काममा वाधा अर्चन देखापर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने कम भएर जानेछ । आर्थिक हानिको समय छ विचार पुराउनुहोला ।
तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि : दाम्पत्यजीवन राम्रो हुनुका साथै प्रेमीका सँग भएको कुनै शंका कम भएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपाया तथा घर परिवारको सुख सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनु राशि : चोटपटकको सम्भावना छ सम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्य जीवनमा कलहको वातावरण वन्न सक्नेछ । बनिरहेको काम बिग्रिनाले मन असन्तोष हुनेछ ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा मांगलिक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटि दिएको धन फिर्ता नआउनाले ऋणमा वृद्धि हुने देखिन्छ ।
मीन राशि : चौपाया तथा वाहन वाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण बन्नसक्नेछ । काममा अवजस प्राप्त हुनुका साथै । व्यपारमा घाटा हुने देखिन्छ ।
यो राशिफल ज्यो. जिवन पौडेलले तयार पार्नुभएको हो । पौडेल केटीएम दैनिक सँग आवद्ध हुनुहुन्छ ।