२०७७ साल आषाढकृष्ण्पक्ष असार ६ गते शनिवार चतुर्दशी तिथि रोहिणी नक्षत्र चन्द्रमा वृष राशिमा ।
मेष : दाजुभाइ सँगको सम्बन्ध राम्रो हुनुका साथै पराक्रम बढेर जानेछ । थोरै प्रयासमा पनि राम्रो सफलता हात पार्न सकिने छ तथा गरेको काममा सन्तुष्टि मिल्ने देखिन्छ ।
वृषः बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्वसँगको सम्वन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पती प्राप्त गर्न सक्ने समय छ । मान सम्मानमा वृद्धि हुने देखिन्छ ।
मिथुनः व्यक्तिवको प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर बसेका मान्छ तपाई प्रति प्रभावित पर्ने छन् । स्वास्थ्यमा कुनै समस्या थियो भने कम भएर जानेछ । घर परिवारमा मांगलिक कार्य हुनेछ ।
कर्कटः शत्रु वा अल्छिको कारण काममा आएको समस्या हटेर जानुका साथै विदेश सँग रिलेटिभ काम वन्नेछ । यात्रा गर्ने अवसर प्राप्तहुन सक्छ । धन आगमनको नँया श्रोत पत्तालाग्न सक्छ ।
सिंहः आर्थिक लाभको साथै जग्गा जमीन वा अचल सम्पतिबाट लाभ प्राप्तगर्न सक्नु हुनेछ । घरमा भने सामान्य कलहको वातावरण बन्न सक्नेछ संयम्ता अपनाउनुहोला । रोजगारमा प्रशंशा प्राप्त हुनेछ ।
कन्याः मनमा नैरास्यता छाउनुका साथै गरेको काममा बाधा अर्चन देखापर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने कम भएर जानेछ । आर्थिक हानिको समय छ संयम्ता अपनाउनु होला ।
तुला : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्य तिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक : दाम्पत्य जीवन राम्रो हुनुका साथै प्रेमीका सँग भएको कुनै शंका कम भएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपाय तथा घर परिवारको सुखसुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनुः चोटपटकको सम्भावना छ सम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा वाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर : समय खराब छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै अविश्वासको कारणले गर्दा दाम्पत्य जीवनमा कलहको वातावरण बन्न सक्नेछ ।
कुम्भ : सन्तान सुखका साथै घर परिवारमा मांगलीक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटि दिएको धन फिर्ता नआउनाले रिनमा वृद्धि हुने देखिन्छ ।
मीन : चौपाय तथा वाहन बाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण वन्न सक्नेछ संयम्ता अपानाउनु होला ।
यो राशिफल ज्यो. जिवन पौडेलले तयार पार्नुभएको हो । उहाँ केटीएम दैनिकसँग आवद्ध हुनुहुन्छ ।