सबैलाई चकित पार्दै सुशान्त सिंह राजपुतले आइतबार मुम्बइमा रहेको बान्द्रा अपार्टमेन्टमा आत्माह-त्या गरे ।
उनको आत्मह-त्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।
मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ।
त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्मह-त्याका लागि उक्साएको लगायतका आ-रोप लगाउन थालिएको छ।
सुशान्तले आत्मह-त्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन् ।
केहि दिन अगाडी केटिएम दैनिकले भारतीय संचारमाध्यम पिंकभिल्लाई आधार मानेर आलिया भट्टको बुबा महेश भट्टले रिहालाई सुशान्तबाट टाढा हुन अनुरोध गरेको कुरा लेखेको थियो ।
महेशले नै सुशान्त डिप्रे-शनमा रहेकोले रिहालाई आफ्नो घर जान भनेका थिए । सुशान्तले आफुलाई कसैले मार्न लागेको महशुश गर्न थालेकोले रिहालाई अप्ठ्यारो पर्छ भनेर घर पठाएका थिए ।
अहिले महेश र रिहाको तस्विरहरु भाइरल भइरहेको छ । जस्मा उनीहरुबीचमा धेरै आत्मियता रहेको देख्न सकिन्छ । यसबारेमा उनीहरुको आधिकारिक धारणा भने आइसकेको छैन ।
केटिएम दैनिकका कुनै पनि सामाग्री स्रोत नखुलाईकन कपी नगर्नु होला
हेरौं तस्विरहरु