शुक्रबार नेपालमा ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमा पुरुषको संख्या ३ सय २६ रहेको छ भने महिलाको संख्या ८८ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रकक्ता जागेश्वर गौतमले थप ४ सय २६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ७४ पुगेको छ । जसमा पुरुषको संख्या ७ हजार ५ सय ६७ पुगेको छ भने महिलाको संख्या ७ सय ७ रहेको छ । जसमा केही नाबालकहरु पनि छन् ।
२४ घन्टाको अवधिमा देशभर २ सय १६ जना कोरोनालाई जितेर घर फर्केका छन् । जसमा २ सय ७ जना पुरुष रहेका छन् भने ९ जना महिला । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या १ हजार ४ सय २ पुगेको छ ।
नेपालमा १ लाख ६१ हजार ७ सय ४९ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ भने ६ हजार ८ सय ५० जना संक्रमितहरु देशभरका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा रहेका छन् ।
नेपालका ७७ जिल्लामध्ये ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ भने २२ जनाले ज्यान गुमाएका छन् ।