मकवानपुर । हेटौँडाकी सुस्मिता थापाले कहिल्यै सोचेकै थिइनन् दिन उमेरमा बिधुवा हुन्छु भन्ने कुरा ।
तर हुने हार दैव नटार जे नसोचेको त्यही भइदियो ।
पतिको सवारी दुर्घटनामा मृत्यु भएको ६ महिना बित्न नपाउँदै सुस्मिताको पनि शव भान्छामा र-क्ताम्मे अवस्थामा फेला परेको छ ।
उनको शव ३ दिनअघि घरको भान्छा कोठामा वी-भत्स अवस्थामा भेटिएका कारण सासु ससुराले नै ह-त्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
मृतक थापाको टाउकोमा गम्भीर चोट पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
प्रहरीका अनुसार मृतकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सीता थापालाई प-क्राउ गरी ज्यानसम्बन्धी कसुर मु-द्दामा अनुसन्धान भइरहेको छ ।
सुस्मिताका पतिको निधनपछिको दुर्घटना बिमा रकम आउन लागेका कारण उनका पनि ह-त्या भएको प्रहरीको आशंका छ ।
उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट ह-त्या भएको आशंका बलियो भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भएता पनि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिने जनाएको छ ।