बेंसीसहर नगरपालिका ११, चिति तिलाहर नजिकै विष्टगाउँमा घर भत्किँदा ६ जना घाइते भएका छन् ।
वर्षातका कारण घर भत्किएपछि २ परिवारका ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
भारी वर्षा भइरहेको बेला बिहीबार साँझ ७ बजेतिर घर भत्किँदा ७० वर्षीय जुद्धबहादुर थापा, उनका पत्नी किरण थापाको मृत्यु भएको हो ।
यस्तै, सोही घरमा डेरा गरी बस्ने ५३ वर्षीय लुकबहादुर गुरुङ, ४० वर्षीया सुशिला गुरुङ, १९ वर्षीय अमृत गुरुङ र १२ वर्षीय सरस्वती गुरुङ घाइते भएको डीएसपी गंगाबहादुर थापाले बताए ।
उहाँका अनुसार स्थानीय र प्रहरीले राति ११ बजेतिर उद्दार गरेर लमजुङ जिल्ला सामुदायिक अस्प्ताल ल्याएका थिए ।
लमजुङको बेंसीसहर नगरपालिका-११, चितिमा घर भत्किँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भीर छन् ।
घरधनी ७० वर्षीय जुद्धबहादुर थापा, उनकी पत्नी किरण थापा साथै सोही घरमै डेरा गरी बस्ने ५३ वर्षीय लुकबहादुर गुरुङ, ४० वर्षीया सुशिला गुरुङ, १९ वर्षीय अमृत गुरुङ र १२ वर्षीया सरस्वती गुरुङ घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताए ।
बिहीबार साँझ घर भत्किँदा घाइते भएकालाई स्थानीय र प्रहरीले राती ११ बजेतिर उद्धार गरी लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएका थिए । गम्भीर घाइते जुद्धबहादुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा र अन्य घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।