एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्त्यष्टि गरिएको छ ।
विहिवार उनको पटना स्थित गंगा घाटमा सुशान्तको अस्थि विसर्जन गरिएको हो ।
सोही घाटनमा सुशान्तको आमाको पनि अस्थि विसर्जन गरिएको थियो ।
बुधवार सुशान्तका वुवा पटना पुगेका थिए । पटनामा अस्थि विसर्जन गरेपछि उनको अन्य संस्कार राजीवनगर स्थित घरमा हुने बताइएको छ ।
सुशान्तको अस्थि विसर्जनमा उनका गाउँले, आफन्त सबै भेला भएका थिए ।
उनको श्राद्धकर्म अन्य आफन्तहरु आएपछि सुरु गरिने बताइएको छ ।