विदेशमा ज्यान गुमाएका २४ नेपालीको सव आज काठमाडौं ल्याइने भएको छ।
कतारबाट २० र अन्य देशबाट ४ वटा शव दिउँसो काठमाडौं आइपुग्ने वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
कतार सरकारको सहयोगमा कतार एयरवेज शुक्रबार दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउँने छन्। यी मध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी बोर्डले घरसम्म पुर्याइदिने छ।
शुक्रवार (आज) कतार, युएई, कुवेत, र साउदीबाट शव ल्याउँन लागिएको बैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डका अनुसार कतारबाट २०, कुवेतबाट २, साउदीबाट १ र युएईबाट १ जना गरी २४ जनाको शव ल्याउँन लागिएको हो ।
जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव काठमाडौँ ल्याउँदैछन्।
कतारबाट आउने २० वटा शवको सूचि :
१.युवराज अधिकारी मोरङ कोसी हरैँचा
२. मीनबहादुर थापा भोजपुर देउराली
३. नरबहादुर कामी सुर्खेत सहारे
४.मंगलबहादुर तामाङ भोजपुर तुङगेछा
५.सुकराम थारु बर्दिया मोतिपुर
६.अरुणकुमार पंजियार सर्लाही इश्वरपुर
७.शिवशंकर राउत महोत्तरी दम्ही
८.चुतर्वा मण्डल धनुषा भरतपुर
९.जितेन्द्र थापामगर मकवानपुर भीमफेदी
१०.यामबहादुर थापा रुपन्देही देवदह
११.कासिदेव यादब सिराहा सुखचैना
१२.सधोवाका पासवान सर्लाही
१३.अनिल चौधरी महोत्तरी औरही
१४. महमुद अलमान मुसलमान कपिलबस्तुको दोहनी
१५.मुस्ताक साइक सर्लाही हरिवन
१६.रुपेशकुमार मण्डल सिराहा परासी
१७.कुम्बा तामाङ लमजुङ धोदेनी
१८.भक्तबहादुर थापामगर बाँके रझेना
१९.राजेन्द्रप्रसाद मण्डल सप्तरी लोहताराका
२०. परिचय नखुल्याएको एकजना
साउदीबाट:
१ भैरब बहादुर बस्नेत
कुवेतबाट:
१ सोनि तामाङ, नुवाकोट
२ मानव आले, सङ्खुवासभा
युएईबाट:
१ पेम्बा नुर्बु शेर्पा, सोलु
लकडाउनका कारण विभिन्न देशमा निधन भएका नेपालीहरुको शव उतै व्यवस्थापन गरिएको छ । भने अन्तर्राष्ट्रिय उडान बन्द भएका कतिपय नेपालीको शव अझैपनि विदेशमा नै वेवारिसे अवस्थामा रहेका छन् ।