विश्वभर कोरोना भाइरसका संक्रमितहरु ८५ लाख ७० हजार नाघेका छन् ।
नेपाली समयअनुसार शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभर संक्रमित हुनेको संख्या ८५ लाख ७० हजार १ सय ७९ पुगेको छ ।
वर्लडमिटर डट इन्फोमा उपलव्ध भएको तथ्यांक अनुसार ४ लाख ५५ हजार ५ सय ७८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितहरुमध्ये आधाभन्दा बढी अर्थात ४५ लाख ९ हजार २ सय जना निको भएर घर फर्किसकेका छन् ।
अहिलेसम्म सबैभन्दा बढी संक्रमित भएका राष्ट्रमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने त्यसपछि ब्राजिल, रसिया र भारत रहेका छन् । नेपाल विश्वमा ६९ औं नम्बरमा रहेको छ ।
विश्वमा कुन देशमा कति संक्रमित हेर्नुहोस तलको तालिका