मानव इतिहासमै कल्पना नगरिएको महामारी संग पूरा विश्व आफ्नो क्षमता अनुसार लडिरहेका छन् ।
हरेक राष्ट्रले आ-आफ्नै तरिकाबाट आफ्ना नागरिकलाई सुरक्षा तथा उचित बन्दोबस्त गरिरहेका छन् ।
हाम्रो देश नेपालले पनि आफ्नो क्षमता अनुसार आवस्यक बन्दोबस्त गरिरहेको छ ।
जहा हजारौं नागरिकले आफ्नो देश आउनका लागि रात दिन हार गुहार गरिरहेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।
वर्ल्डोमिटर डट इन्फोको तथ्यांक अनुसार बिहिवार राती १० बजे सम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार ८ सय ५० पुगेको छ भने संक्रमितको संख्या ८४ लाख ९९ हजार ९ सय ४१ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ४४ लाख ५० हजार ४ सय ५० जना उपचारपछि निको भएका छन् ।
छिमेकी देश भारतले त्यस देशका नागरिकको लागि आर्थिक प्याकेज अगाडि सारेको छ भने छिमेकी देश लाई भने सङ्कट उत्पन्न गराइ रहेको छ । देशको सिमाना मिचेर निर्माण गरिएको सडकको उद्घाटन पनि देशमा संकट परेकै समयमा गर्याो र यसको चौतर्फी विरोध भैरहेको छ ।
छिमेकीको धर्म भनेको अफ्ट्यारो पर्दा तुरुन्तै बिना स्वर्थ सहयोग गर्नु पर्ने हो तर त्येसो नभएर लगातार जनतालाई दुख र मानसिक पीडा दिईरहेको छ । २०७२ साल बैशाख १२ मा गएको विनाशकारी भुकम्पको समयमा पनि नेपालीलाई नाकाबन्दी गरेर समस्या सिर्जना गरेको थियो । नेपालीले आफ्नो हैसियत अनुसार कोरोना संग लडिरहेको छ । यहीँ मौका छोपेर भारतले बारम्बार दुख दिने गरेको थाहा पाउँदा समेत सत्तारूढ दलका प्रमुख नेताहरुले भारका प्रमुख संग सिधै सम्पर्क गर्ने कस्ने हैसियत नभएको उनीहरूको व्यबहारले देखाएको छ ।
भारतको सिमाना जोडिएका देश हुरुले भोगेकै भनेको सिमा बिबाद हो । लोभि र पापीले सरकार चलाएका कारण यस्तो हुन पुगेको नागरिकको गुनासो छ । अफ्ट्यारो परेको समयमा साथ नदिने छिमेकीको के काम सजिलो हुँदा आफै चलिरहेको छनी । त्येसैले बेलैमा ध्यान पुर्याउनु आवश्यक छ ।
नेपालमा कोरोना भाइरसको प्रकोप बढ्ने क्रम जारी छ सरकारले जनताका लागि अहिलेसम्म कुनै प्रकारको आर्थिक प्याकेज ल्याउन सकिरहेको छैन ।
विज्ञका अनुसार यहीँ परिस्थिति रहिरह्यो भने नेपालमा स्थिति भयावह हुने जानकारी गराइरहेका छन् । उता सत्ता चलाइरहेका हरुलाई पनि यो कुरा राम्रो संग थाहा छ । पूर्व तयारी भनेको खासै चित्तबुज्दो छैन ।
सरकार चलाउने हरुले सके आफै रणनीति बनाउने हो यदि नसकेमा विज्ञ हरुको सल्लाह लिएर काम गर्न पनि आनाकानी गरिएको छ । ज
नता कोरोनाको त्रासमा छट्पट्याउनु बाहेक अरु केही गर्ने सकिरहेका छैनन् ।
यस्तो समयमा देशले जनताका लागि गर्ने भनेको के रहेछ हेर्न बाकी छ । यस्तो हुनको प्रमुख कारण भनेकै अस्थिर र स्वार्थी राजनीति नै मुख्य कारण हो ।
नोट : यो लेखकको नीजि विचार हो ।